२४ घण्टाभित्र नेपालमा १० हजार २ सय ५४ संक्रमित, १६ संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा एकैदिन १६ कोरोना संक्रमितको मृत्यु भएको छ। लामो समयदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या १० भन्दा कम थियो। स्वास्थ्य मन्‍त्रालयका अनुसार शनिबार एकैदिन थप १६ जना संक्रमितको मृत्यु भएको छ। यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ।

नेपालमा थप १० हजार बढीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि २‍० हजार १ सय ८७ जनाको नमुना परीक्षण गर्दा थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घन्टामा थप ७ सय ८ जना संक्रमित कोरोना मुक्त भएका छन्।

काठमाडौं उपत्यकामा पाँच हजार ३ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा ३ हजार ७ सय ६२ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा एक हजार १ सय १० र भक्तपुर जिल्लामा ४ सय ३४ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार २४ पुगेको छ। देशभरका सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधाभन्दा बढी छन्। हाल देशभर ७२ हजार ८ सय ६२ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित शिर्षक :