चीन सरकारले उपलब्ध गराएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो

स्वास्थ्यसमाचार/ चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ।शनिबार चिनियाँ प्रतिनिधिले नेपाली प्रतिनिधिलाई सुई हस्तान्तरण गरेको नेपालस्थित चिनियाँ दुतावासले जनाएको छ।

कोभिडविरुद्धको खोप लगाउनका लागि प्रयोग हुने यो सुई ०।५ एमएलको नर्मल साइजको हो।नेपाल आइसकेको सिरिन्ज टेकु स्थित भण्डारणमा शनिबार राति नै राखिने स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :