चैतभित्र सबैलाई पूर्ण मात्रामा खोप: प्रधानमन्त्री देउवा

स्वास्थ्यसमाचार/  प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको दाबी गरेका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारी अस्पतालमा पर्याप्त अक्सिजन र बेडको व्यवस्था गरिएको दाबी गरे। कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको पनि बताए।

उनले भने, कोभिडि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्दा अर्थतन्त्र र सामिजिक गतिविधिलाई कम असर पर्नेगरी गरिनेछ। उनले पूर्ण खोप नै समाधान भएकाले चैतभित्र सवैलाई खोप उपलब्ध गराउने प्रतिबद्धतामा सरकार स्थिर रहेको बताएका छन्। त्यहीअनुसार खोप अभियान चलिरहेको उनको भनाइ छ।

उनले स्वास्थ्य उपचारका विषयमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सुरक्षा मापदण्ड अपनाएर खोप कार्यक्रमलाई निरन्तरता दिने बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सरकारको नेतृत्वमा आएपछि आर्थिक गतिविधि सुरु भएको दाबी गर्दै अहिले आर्थिक गतिविधि बढेको बताए।

सम्बन्धित शिर्षक :