रुपन्देहीमा माघभित्र १८बर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको खोप : शर्मा

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको रुपन्देही जिल्लामा आर्थिक भौतिक र मानबिय क्षति व्यहोर्नु प¥यो।रुपन्देहीमा हालसम्म रुपन्देहीमा ३२हजार १सय ४७को कोरोना परिक्षण गरिएकोमा २९ सय ३३ संक्रमित संक्रमित भए। जसमध्ये ९४ जनाको मृत्यु समेत भयो।

कोभिड १९ का कारण रुपन्देहीको आर्थिक, सामाजिक, राजनैतिक लगायत हरेक क्षेत्र प्रभावित बन्यो। यसको रोकथाम तथा नियन्त्रण र नागरिकको स्वास्थ्य रक्षाका लागि सरकारले विभिन्न चरणमा स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर विविध गतिविधि सञ्चालन समेत गरेको थियो। कोरोना भाइरस विरुद्धको विभिन्न खोपहरु बनेपछि खोप अभियान सञ्चालन गरी कोभिड १९ नियन्त्रणको अभियानमा यतिबेला सरकार जुटिरहेको छ। यसको प्रभावकारिता पनि देखिएको छ।

रुपन्देहीमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप पु¥याउने सरकारको लक्ष्य अनुसार अहिले जिल्लामा ७ लाख १३ हजार १ सय ८६ जना मध्ये  अहिले त्यसको ८६ प्रतिशतले खोपलगाई सकेका छन ।१८ यसै सन्दर्भमा स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मासंग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

– कोरोना महामारीको समयमा स्वास्थ्य कार्यालय रुपन्देहीले आफ्ना गतिविधिहरु कसरी सञ्चालन गरिरहेको छ ?

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरी निर्धारित कार्यक्रम अनुसार नै सञ्चालन गरेका छौं। स्वास्थ्य कार्यालय रुपन्देहीले गर्ने नियमित गतिविधिहरु चलिरहेका छन्। अहिलेको सन्दर्भमा खोप अभियानलाई प्रभावकारी बनाउनको लागि यहि अभियानमा केन्द्रित छौँ। जिल्लामा ७ लाख १३ हजार १ सय ८६ खोप लगाएका छन ।१८ वर्ष मुनिका बालवालिकालाई रुपन्देहीमा २१ हजार ७ सय जनलाई कोराना बिरुद्वको खोप लगाइएको छ । पुस ३० सम्म ८६ प्रतिसतले खोप लगाएका छन अहिले जिल्लाका सबैसाथीहरु यहि खोप अभियानमा जुटेका छौँ।

– रुपन्देहीमा कहिले सम्म सबैनागरिकले कोरोना बिरुद्धको खोप लगाउछन ?

रुपन्देहीमा सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लगाउने भनेर प्राथमिकता तोकेर खोप पठाएको छ। अहिले सम्म ७ लाख १३ हजारले खोप लगायका छन। यो पुस मसान्त सम्म हाम्रो जिल्लामा ८६ प्रतिशतले लगाए भने । १२ बर्ष भन्दा माथिका १लाख २२ हजार मध्ये २२ हजारले खोप लगाए भने १ लाख वाकीछन या पनि माघ १५ सम्म लगाउछन पहिलो डोज भने फागुन सम्म रुपन्देहीमा सबै १२ बर्ष माथिकाले खोप लगाउछन ।

जिल्लामा आबश्यक खोप हामीसंग छ वालबालिकाको अझै आएको छैन ।अर्काे हाम्रो जिल्लामा खोपलगाउन बाकी रहेकालाई १२ स्थानिय तहमा हप्ताको २ दिन सबै खोपकेन्द्रमा कोरोना बिरुद्धको खोप अभियान संञ्चालन गरिएको छ। बैदेशिक रोजगारीमा जानेलाई पनि त्यहिबाट खोप लगाउने ब्यबस्था मिलाएका छौ ।
– विभिन्न समयमा विभिन्न नामका खोपहरु आए। यस पटक कुन कुन खोप लगाउँदै हुनुहुन्छ ?

हामीले कोभिसिल्ड, मोडना भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्टा«जेनिका नामका खोप लगाएका छौैँ। यस पटक एस्ट्राजेनिका खोपको पहिलो मात्रा, एस्ट्राजेनिका र भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई खोप लगाउँदैछौँ। अहिले भेरोसेल खोप संञ्चालन भैरहेको छ ।अरु पहिले कुन खोप लगाएका छन। दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई खोप लगाउँदैछौँ।

–खोप व्यवस्थापनमा कतिको गाह्रो भएको छ ? कसरी व्यवस्थापन गरेर लगाउँदै हुनुहुन्छ ?
पहिले खोप नपाएर गुनासो आउने गरेको कुरा सत्य हो। हामीले सीमित खोपलाई राज्यले तोकेका लक्षित वर्गलाई लगाउनुपर्ने अवस्था थियो। अहिले पर्याप्त मात्रामा खोप आएको छ। अब १८ वर्ष माथिका सबै रुपन्देहीवासीलाई खोप पुग्छ। यो निकै राम्रो कुरा हो।

अहिलेको अभियानलाई प्रभावकारी बनाउन अन्य गतिविधिहरुलाई स्थगित गरेर सबै जनशक्ति जुटेका छौँ। स्थानिय निकायका सबै स्वास्थ्य शाखा प्रमुखहरु लगायत स्वास्थ्यकर्मीहरुतयारी अवस्थामा हुनुहुन्छ। व्यवस्थापनको काम सबै सकिएको छ। ढुक्कले गएर आफुलाई पायक पर्ने ठाउँमा खोप लगाउन सक्नु हुनेछ। पहिले असहज थियो अहिले त सहजनै छ भन्नु परयो ।

अरु रुपन्देहीमा बालवालिका लाई लगाउने अभियानमा छौ ।

– पहिले गर्भवती महिलालाई खोप नदिने भन्ने थियो। अहिले दिन सकिन्छ भन्ने आएको छ। कुन अवस्थामा गर्भवती महिलाले खोप लगाउन मिल्ने हो ?
पहिले गर्भवतीलाई कोभिड १९ विरुद्धको खोप नदिने भन्ने नै निर्देशन थियो अहिले दिएका छौ। तर गर्भवती सुत्केरी सबै महिला, अत्यधिक तौल भएका, मधुमेह, उच्च रक्तचाप जस्ता विभिन्न दीर्घ रोग भएका लाई पनि खोप लगाएका छौ।

हामीले सबैलाई बिभिन्न माध्यमबाट सुचना गरेका छौ महिला स्वास्थ्य स्वयससेबिका हरु घर घर जानुभएको छ। सहज रुपले खोप अभियान संञ्चालन भएको छ । खोप लगाउनु भएको छ ।

– खोप अभियान सम्पन्न गर्न सरोकारवालाहरुको भूमिका कस्तो पाउनु भयो ?

खोप अभियान सञ्चालन र सम्पन्न गर्नका लागि सबैको सहयोग अपरिहार्य छ। स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दल, पत्रकार लगायत यो अभियानको विषयमा जानकार भएका सबैले यो हाम्रै अभियान हो भनी यसलाई सफल बनाउनुपर्छ।

जनप्रतिनिधि, कर्मचारी सरोकारवाला पक्षसँग हामीले छलफल पनि गरिसकेका छौँ। सबैको सहयोगले मात्र यो सफल हुने हो। त्यसैले आ–आफ्नो ठाउँबाट सबै लागौँ। त्यसैले सबैले आफुलाई पायक पर्ने खोप केन्द्रबाट खोप लगाउनबाट नछुटौँ। यो अभियानलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट सहयोग गर्न म सबैलाई आग्रह गर्दछु।हामीलाई रुपन्देहीमा रहेका सबै गैरसरकारी निकाय युनिसेफ युएएआडी डबलु एचओ बिभिन्न सामाजिक संघ संस्था सबैको सहयोग महत्वपुर्ण रहयो र अबपनि यस्तै निरन्तरताको लागी अपेक्षा गरेका छौ ।

सम्बन्धित शिर्षक :