स्वास्थ्यसमाचार /लुुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड फोकल पर्सन डा.नन्दुु पाठकले फन्टलाइनरलाई भ्याक्सिन लगाउनुु अनिवार्य रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार आयोजनामा कोरोना महामारीमा सञ्चारमाध्याम र पत्रकारको भूमिका विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै डा पाठकले डबल मास्क लगाउने, सर्जिकल मास्क लगाउने, भौतिक दुुरी कायम गर्ने, साबुुनपानीले पटक पटक हात धुुने कार्य अनिवार्य रहेको बताए । उनले भीडभाड, सोर्केस, टेबल, ढोकाका हेन्डिललाई सेनिटाइज गनुुपर्ने, एयर फलो भएको कोठामा बसेर काम गर्न सञ्चारकर्मीलाई सुुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल कोरोनाबाट जोगिन जनताले पत्रकारबाट सही…
समाचार
लुम्बिनी प्रादेशिक अस्पतालका ८९ स्वास्थ्यकर्मि कोरोना संक्रमित
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत मेडिकल अफिसर नर्सिङ स्टाफ पारामेडिक र सपोर्टिङ स्टाफ गरि ८९ जना संक्रमित भएका छन संक्रमितकै उपचारका खटिने क्रममा उनीहरुलाई संक्रमितहरुबाटै संक्रमण सरेको अस्पतालले जनाएको छ। अस्पतालका सुचना अधिकारी डा.बिष्णु गौतमका अनुसार ९ जना मेडिकल अफिसर, नर्सिड अधिकृत ८ जना अहेब १२ जना नर्सिङ स्टाफ, १८ जना सपोर्टिङ १० स्टाफ, ल्याबका स्टार्फ नर्स ६ जना फिजीयो २ जना एच ए २ जना अक्शीजनमा कार्यरत २ जना सुरक्षा गाड ३ प्रशासन तर्फबाट ३ जना र फर्मासिस्ट तर्फका ८ गरि कुल ८९ जनामा संक्रमण पुष्टि भएको मा २३…
घरमा सिलिण्डर “होल्ड” गर्दा अस्पतालमा अभावः स्वास्थ्य सचिव देवकोटा
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले ठूला सिलिण्डर घरमा नराख्ने हो भने अक्सिजनको अभाव पुर्ती गर्न सकिने बताएका छन् । रोटरी क्लव अफ बुटवलको १३६४ औं नियमित बैठकमा शनिबार गेष्ट स्पीकरको रुपमा बोल्दै सचिव देवकोटाले दुई तिहाई सिलिण्डर घरघरमा व्यक्तिले होल्ड गरेर राख्दा अस्पतालमा गम्भीर बिरामीले अक्सिजन अभावमा ज्यान गुमाउनु परेको दुःखेसो पोखे । “घरमा आइसोलेसनमा रहेका बिरामीले ठूलो सिलिण्डर राखेर पनि हाइफ्लो अक्सिजन दिन सकिंदैन, तर अस्पताल भर्ना भएका बिरामीलाई हाईफ्लो अक्सिजन दिनुपर्ने हुन्छ, सिलिण्डरको अभावले गर्दा अस्पतालमा धेरै संक्रमितले ज्यान गुमाएका छन्”–उनले…
रुपन्देहीमा अक्सिजन व्यबस्थापनमा नेपाली सेना परिचालन हुने
स्वास्थ्यसमाचार / रुपन्देहीमा अक्सिजन अभावले उपचार प्रभावित भइरहेका बेला अक्सिजनको सहज आपूर्ति र ब्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन हुने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला सुरक्षा समिति,अक्सिजन उद्योगी र सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै अक्सिजन उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले यसका लागि नेपाली सेना गरुण दल गण,रामनगर ब्यारेकलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रजिअ तामाङका अनुसार यस्तो निर्णयसंगै शनिबारदेखि रुपन्देहीमा रहेका अक्सिजन उद्योग तथा प्लान्टहरुमा नेपाली सेनाको जनशक्ति खटिने छ…
लुम्बिनी प्रादेशिक अस्पतालमा पिसीआर शुल्क घट्यो
स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना बिरामीका लागी परिक्षण गरिने पिसीआर शुल्क घटाएको छ । सरकारले १ हजार शुल्कमा पिसीआर गर्ने भनेपनि लुम्बिनी प्रादेशिक अस्पतालले २ हजार शुल्क लिने गरेको थियो । अस्पतालले आफै बिभिन्न कारण देखाउदै शुल्क घटाएको थिएन । हिजोमात्र लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालको निर्देशन पछि शुल्क घटाएर एकहजार बनाएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका नासु श्रीराम पान्डेका अनुसार आजदेखी एकहजार रुपैयाँमा पिसीआर परिक्षण हुने बताए ।
सम्मरीमाई गाउँपालिकामा प्रत्येक घरलाई निसंक्रमित गरिदै
रीमा बि.सी स्वास्थ्यसमाचार / कारोना संक्रमणको जोखिमबढदै गएपछिसम्मरीमाई गाउँपालिकाकाप्रत्येक घरलाई निसंक्रमितगर्ने अभियानसुरु गरिएको छ । जिल्लाको अहिलेसम्म सबैभन्दाकम संक्रमितभएको सम्मरीमाई गाउँपालिकाकाप्रत्येक घरमागाउँपालिकाका सातै वटावडाका७हजार ६ सय घरघुरीमास्प्रे टंकी र सोडियमहाइपोक्लोराइड५ प्रतिशतप्रत्येक घरमा स्प्रे गर्नकालागि ४२ जनाको टोलीखटाएको गाउँपालिकाकाअध्यक्षजितेन्द्रनाथ (बब्लु) शुक्लाले फोन मार्फत इन्सेककर्मीलाई बताउनुभयो । कोरोना संक्रमणको जोखिमबढिरहेका बेलागाउँपालिकालाई नै सेनेटाईज गर्ने उद्देश्यले गाउँपालिकाले आन्तरिक बजेटबाट योकार्यको सुरुवात गरेको गाउँपालिकावासीलाई कोभिडको प्रभावबाटजोगाउननिसंक्रमण सुरु गरिएको अध्यक्षशुक्लाले बताउनुभयो । शुक्लाले भन्नुभयो“प्रत्येक वडामा ६ जनाको टोलीबनाई उनीहरुलाई सम्बन्धितवडाको स्वास्थ्यचौकीको ईन्चार्जको नेतृत्वमाप्रत्येक घरमा पु¥याईने यसरी पुगेको टोलीले निसंक्रमणगर्ने मात्रनभई कोभिडबाटजोगिन बिभिन्न सचेतनामूलक सन्देश पनिप्रवाहगर्ने बताउनुभयो…
रुपन्देहीमा ९ सय ७ नयाँ संक्रमित, ४सय १९ डिस्चार्ज, १६ को मृत्यु
स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घन्टामा ९सय ७ जना कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार आज अहिले सम्मकै बढी संक्रमित थपिएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरमा सबैभन्दा बढी ३सय ९५जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि तिलोत्तमामा १सय ७१ जना, सिद्धार्थनगर १सय२ जना, देवदहमा ८७ जना, सैनामैनामा ५९ जना, रोहिणीमा २१ जना, ओमसतियामा १४ र सुद्धोधन र ओमसतियामा मा १३/१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गैडहवा र मायादेबीमा ९/९ जना, सियारीमा ५ जना, कोटहिमाईमा ३…
रुपन्देहीमा जेठ १३ सम्म निषेधाज्ञा लम्बियो
स्वास्थ्यसमाचार /कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञाको अवधि बढाएको छ । जिल्लामा अहिलेपनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउँदै आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा बढाउने सिफारिस गरेअनुसार निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ ।शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन…
औद्योगिक क्षेत्र उद्योग संघले दियो ५० वटा अक्सिजन सिलिण्डर
स्वास्थ्यसमाचार /कोरोना संक्रमितहरुको उपचारमा रहेको अक्सिजनको अभाव पूर्तीका लागि यस क्षेत्रका सामाजिक तथा व्यवसायी संघसंस्थाहरुले विभिन्न प्रकारले सहयोग गर्दै आएका छन् । पछिल्लो समयमा वजारमा देखिएको अक्सिजन सिलिन्डरको अभावलाई कम गर्न बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्ना सदस्य उद्योगहरुले प्रयोग गर्दै आएका सिलिन्डरहरु संकलन गरि प्रदेश सरकार तथा स्थानिय सरकारलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष हिरामणी भट्टराईका अनुसार संघको सक्रियतामा बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगहरुबाट ५० वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकालाई दिएको छ । संघले दुई चरणमा गरि ति सिलिण्डरहरु संकलन गरिएको महासचिव नेत्रनारायण…
रुपन्देहीमा ५ सय ४ नयाँ संक्रमित, ४सय ३८ डिस्चार्ज, ११ को मृत्यु
स्वाथ्यसमाचार/ रुपन्देहीमा आज ५सय ४ जना कोरोना संक्रमिति थपिएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार कोरोना संक्रमिति थपिने क्रमकमी रहेपनि मृत्युदर बढेको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज ५सय ४ कोरोना संक्रमित थपिएको वताए । गिरीका अनुसार बुटवल उपमहानगरमा २सय ६० नयाँ संक्रमित थपिए भने तिलोत्तमामा ७९ जना, ओमसतियामा ५० जना, सिद्धार्थनगरमा ३१ जना देवदहमा २४सैनामैनामा २४ जना संक्रमित थपिएका छन् । त्यसैगरि कञ्चनमा १० जना, सियारीमा ९ जना, सुद्धोधनमा ८ जना, गैडहवा र रोहिणीमा ३–३ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक…