लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नर्सिङ्ग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ

स्वास्थ्यसमाचार /नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश सचिव भएकी छिन्। हाल प्रमुख अस्पताल प्रशासक नर्सिङ रहेकी उनलाई लुम्बिनी प्रदेश सचिव बनाइएको हो। श्रेष्ठ एघारौं तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत थिइन्। हालका स्वास्थ्य सचिव डा जनार्दन पन्थीलाई मन्त्रालय अन्तर्गत नै राखिएको छ। सरुवा सूची अनुसार नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा, सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा, वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको…

शुद्धोधन २का महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण

स्वास्थ्यसमाचार/ महिला स्वास्थ्य स्वयंसेविका सुनिता चौधरीलार्ई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उहाँको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । चौधरीलार्ई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उहाँले अब आवत जावतमा सहज हुने बताउनुभयो । “हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, चौधरीले भन्नुभयो, “ वडा कार्यलयले समयमै बुझेछ । साइकल दियो । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।” स्वयंसेविका करुणा खड्काको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा…

जाजरकोटमा विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख भत्ता

स्वास्थ्यसमाचार/भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरलाई तलबभत्ता बाहेक थप एक लाख भत्ता दिइने भएको छ। अस्पतालमा नवौं तहका कन्सलटेन्ट डाक्टरलाई करारमा नियुक्त गर्दै तलबभत्ता र थप एक लाख भत्ता पनि दिइन लागिएको हो। विशेषज्ञ डाक्टरलाई नेपाल मेड नेपालु नामक संस्थाले प्रति महिना तलब भत्ता बाहेक थप एक लाख भत्ता दिने भएको हो। उक्त भत्ता करारका चिकित्सकलाई अहिले एक वर्षका लागि उपलब्ध गराइने बताइएको छ। नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो। केही दिन अघी भुकम्पपछी लामो समय जाजरकोटमा बसेर काम गरेकी सांसद डा तोसिमा कार्कीले जील्ला…

जिल्ला अस्पताल गुल्मीमा बिहान ९ बजेबाटै ओपीडी सेवा सुरु

गुल्मी/गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा सुरु गरिएको छ । बिरामीको चाप धेरै हुने गरेको र दिउँसो गाउँगाउँमा पुग्ने गाडी छुटने भन्दै सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा दिन सुरु गरिएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा किशोर बन्जाडेले बताए । अझै पनि यो समयलाई सेवाग्रहीको अवस्था हेरिकन थप घट गर्न सक्ने गुल्मी अस्पतालले जनाएको छ । सरकारी अस्पतालमा बिहान १० बजेपछि मात्रै ओपीडी सेवा सुरु गर्ने गरिन्छ । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि…

पश्चिम नवलपरासीमाअनुगम समितिद्वाराऔषधी र प्रयोगशालामा सिल

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा एक औषधी पसल र एक प्रयोगशालालाई रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले सिल गरेको छ । नगरमा अवैध रूपमा एक औषधी पसल र एक प्रयोगशाला सञ्चालन गरेको पाइएकोले नगरस्तरीय अनुगमन समितिले औषधी पसल र प्रयोगशालामा सिल गरेको हो । स्थानीयबाट व्यापक जनगुनासो आएपछि औषधी पसलहरूलाई अनुगमन गरिएको रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम् कार्यवाहक नगरप्रमुख सम्झना चौधरीले जानकारी दिईन् । अनुगमन समितिले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा कुनै पनि निकायमा दर्ता नभएको गुप्ता मेडिकल हललाई सिल गरिएको र सोही वडा स्थित पटखौलीमा रहेको सेलिसा फर्माद्वारा सञ्चालित…

बर्षभरी स्वास्थ्य विमा उपचार नलिएकालाई नवीकरणमा १० प्रतिशत छुट

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमामा आवद्ध भएर पनि बर्ष भरिमा त्यसबाट उपचार सुविधा प्रयोग नगरेका बीमितहरुले अर्को बर्ष नवीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डको गत २९ पुसमा बसेको बैठकले बीमामा आवद्ध भएका तर त्यसबाट उपचार सुविधा नलिएकाहरुको अर्को बर्ष नबीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।यो व्यवस्था कार्यान्वयनमा आउन भने केही समय लाग्ने बताइएको छ ।बोर्डले आफ्नो सफ्टवेरमा त्यस सम्वन्धी व्यवस्था मिलाउन पर्ने भएकोले केही समय लाग्ने भएको बताइएको छ । त्यसो स्वास्थ्य बीमा गरेर बर्ष भरीमा त्यसको प्रयोग नगरी…

केन्द्रिय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यकता : स्वास्थ्यसचिव पोखरेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले केन्द्रिय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सचिव पोखरेलले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरुले गरेको प्रश्ताव स्विकृत नभए ५ सय शैय्यामा केन्द्रिय अस्पतालहरु बन्द हुने अवस्था रहेको समेत स्पष्ट पार्नुभयो । हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाइएको सो प्रश्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नैपर्ने…

लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका(पार्क)को शिलान्यास

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागेको फार्मेसी बाटेकाको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । अस्पतालको प्रस्तावमा संघले ओपिडी भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्क निर्माणको लागि १० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पार्क…

नेपाल स्वास्थ्यकर्मी संघ दाङको अध्यक्षमा हरी पुनमगर निर्वाचित

स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्यकर्मी संघ दाङमा हरी पुनमगरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । दाङको धारापानीमा सम्पन्न भेलाले चार वर्षका लागि पुनमगरको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अन्य पदाधिकारीमा खुला उपाध्यक्षमा प्रदिप योगी, उपाध्यक्ष महिलामा कविता शर्मा, उपाध्यक्ष सरकारीमा नारायण शर्मा, उपाध्यक्ष निजिमा चिरञ्जीवी ढकाल, महिला स्वास्थ्य स्वयंसेविकातर्फको उपाध्यक्षमा धना जिसी, समावेशी उपाध्यक्षमा बबि महत, सचिवमा रुपलाल पाण्डे, कोषाध्यक्षमा रमेश बुढाथोकी चयन हुनु भएको छ । यसैगरी सहसचिवमै सरकारी क्षेत्रबाट वीरेन्द्र खड्का, निजी क्षेत्रबाट रमिता गौतम,स्वास्थ्य स्वयंसेविकातर्फ तिला जि एम र युवाका तर्फबाट बिक्रम राना सर्वसम्मत…

सडक दुर्घटनामा छोराछोरी र सासु ससुरा सहित अस्ताए डा.महेश गौतम

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघका आजिवन सदस्य डा महेश कुमार गौतमको दुर्घटनाका कारण अल्पायुमै भएको असामयिक निधनले स्तब्ध संघ परिवार स्तब्ध भएको जनाएको छ। संघका आजिवन सदस्य डा महेश कुमार गौतम सहित उनको परिवारका ५ जना सदस्यको असामयिक निधन भएको हो।संघको सोक बक्तब्य जारी गर्दै भनेको छ नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा वालरोग विशेषज्ञ डाक्टर महेश कुमार गौतमको मिति २०८० पौष २८ गतेका दिन असामयिक निधन हुन गएकोमा नेपाल चिकित्सक संघ परिवार स्तब्ध भएको छ। त्यसैगरी संघले भनेको छ स्व डा गौतमले नेपालको चिकित्सा शिक्षा र चिकित्सा जगतमा पुर्याउनु भएको योगदान…