बुटवलको बजेट २ अर्ब ९९ करोडः स्वास्थ्यलाई बिषेश प्राथमिकता

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रा देवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्ष २०८१/ ०८२ को वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नु भएको हो। बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले, स्वास्थ्य, विशेष प्राथमिकता दिदै बजेट छुट्याइएको वताउनु भयो। उहाले बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक…

सुर्तीजन्य पदार्थको सेवनवाट नेपालमा वार्षिक ३७ हजार बढीको मृत्यु

स्वास्थ्यसमाचार /नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक प्रकारका क्यान्सर बढ्दै गएको बताइएको छ । हरेक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट ३७ हजार ५ सय २९ जानले ज्यान गुमाउने गरेका छन् । यो संख्या हरेक वर्ष बढदै गएकाले नेपाल सुर्तीजन्य पदार्थ उपयोग गर्नेको उच्च स्थानमा रहेको सरोकारवालाले बताएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको आयोजना र हेल्थ आवाज सहकार्यमा बुटवलमा भएको सूर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणका लागि पत्रकारहरुसँगको अन्तरक्रियामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा शम्भु खनालले युवा जगतमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रणका…

बुटबलको मिलन चोकमा योग तथा आरोग्य केन्द्र स्थापना

स्वास्थ्यसमाचार/ बुटबलको मिलन चोकमा योग तथा आरोग्य केन्द्र स्थापना भएको छ। आज एक कार्यक्रमका बिच बुटबल वडा नं ९का बडा अध्यक्ष प्रदीप कुमार श्रेष्ठले उदघाटन गर्नु भयो। योग तथा आरोग्य केन्द्रका अध्यक्ष कमल कुँबरको अध्यक्षता वडा अध्यक्ष प्रदीप कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको हो। उदघाटन कार्यक्रममा शुभकामना ब्यक्त गर्दे प्रमुख अतिथी वडा अध्यक्ष प्रदीप कुमार श्रेष्ठले योगले नयाँ बिचार उर्जा र शक्ति दिन्छ दैनिक योग गरे औषधीको समेत सेबन गर्न आबश्यक नभएको बताउनु भयो।मानिसलाई योगले कुदृष्‍टि कुविचार आचारणपरिबर्त गर्नको लागी योग महत्वपुर्ण साधान रहेको बताउनु भयो। अध्यक्ष श्रेष्ठले समाज…

तिलोत्तमाको नीति कार्यक्रम :‘स्वस्थ नागरिक सम्बृद्ध तिलोत्तमा’ नारा सहित स्वाथ्य योजना लागू गरिने

स्वास्थ्यसमाचार तिलोत्तमा नगरपालिकाले, स्वास्थ्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेको छ ।दोस्रो नगर सभाको पाँचौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । तिलोत्तममा नगरपालिकाले “स्वस्थ नागरिक सम्बृद्ध तिलोत्तमा“ भन्ने नारालाई सार्थक बनाउन जेष्ठ नागरिक हरुलाई निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, मधुमेह रोग निशुल्क शिविर, पाठेघरको मुखको क्यान्सर ख्क्ष्ब् शिविर, आँखाको मोतियाविन्दु पत्ता लगाउने निशुल्क स्वास्थ्य शिविर साथै आधारभूत स्वास्थ्य सेवाका औषधिहरु नियमित रुपमा वितरण गर्ने व्यवस्था मिलाइने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै…

बुटवलको नीति कार्यक्रम :विपन्न वर्गलाई जटिल रोग उपचारमा जनही १७ हजार

स्वास्थ्यसमाचार/बुटवलले स्वास्थ्य, लाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियाली युक्त पर्यावरणको बस्न योग्य सहर बनाउने मूल ध्येय रहेको वताउनु भयो । स्वास्थ्यतर्फ बुटवलले २ वटा अस्पताल सञ्चालन गर्ने, हरेक ४–४ महिनामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविरका लागि बा आमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे तथा अन्य स्वास्थ्य परीक्षणका लागि शिविरहरू सञ्चालन गर्ने नीति अगाडि सारेको छ । बुटवलले यसअघिदेखि उपलब्ध गराउँदै आएको विपन्न वर्गलाई जटिल रोग उपचारमा…

सवारी परिक्षण कार्यलय बुटबलको चौथो स्थापना दिवसमा रक्तदान

स्वास्थ्यसमाचार/सवारी परिक्षण कार्यलय बुटबलको चौथो स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम गरेको छ। कार्यलय प्रमुख रोशन कुमार देबका अनुसार २५ जना कर्मचारी तथा अन्य बाट रक्तदान गरि २५प्रीन्ट रगत संकलन भएको बताउनु भयो। उहाले बुटबलमा यस कार्यलय स्थापना भएदेखि नै रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ।रक्त दातालाई कार्यलय प्रमुख रोशन कुमार देब ले प्रमाणपत्र प्रदान गर्नु भएको शाखा अधिकृत शाबित्रा ज्ञावलीले बताउनु भयो। रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बुटबल शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यलयका नासु नरिश्वर खनालले बताउनु भयो।

तिलोत्तमाका भित्रका एचआईभी संक्रमितलाई छात्रवृत्ति, र पोषण सामग्री वितरण

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले नगरभित्रका एचआईभी संक्रमितको लागि छात्रवृत्ति,शैक्षिक एवं पोषण सामग्री वितरण गरेको छ ।नगरपालिकाले आइतबार नयां मिलमा एक कार्यक्रमका बीच क्याम्पस तहमा अध्यनरत विद्यार्थी ५ जनालाई २० हजारका दरले छात्रवृत्ति, विद्यालय तहका ७ जना विद्यार्थीलाई झोला,कापी, क्यालकुलेटर लगायत शैक्षिक सामग्री र अन्य ६० जनालाई चामल,दाल,तेल,अण्डा लगायत पोषण सामग्री वितरण गरेको हो । कार्यक्रममा बोल्दै तिलोत्तमाका मेयर रामकृष्ण खाँणले छात्रवृत्ति, पोषण सामग्री वितरण गर्नु सन्देशका हिसाबले महत्वपूर्ण छ भन्दै आफ्नो कारणले मात्र नभई रगत लिँदा वा अन्य हिसाबले एचआईभी संक्रमण हुने भएकाले समाजले यसलाई दुर्घटनाका रुपमा सहज लिनुपर्ने बताए । नगरवासीलाई…

स्वाथ्य क्षेत्रका समस्या सबैको साझा समस्या हुन :स्वाथ्यमन्त्री पुन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री दिपेन्द्र बहादुर पुनमगरले स्वाथ्य क्षेत्रका समस्या एकल रुपमा समाधान गरेर नसकिने बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तहकाले समस्याको पहिचान गरी साझा अभियान चलाएर मात्रै समस्या समाधान गर्न सकिने बताएका हुन । लुम्बिनी प्रदेशको स्वाथ्य मन्त्रालयको आयोजनामा बुटवलमा गरिएको ‘‘प्रदेशको स्वाथ्य क्षेत्र सुधारका लागि जनप्रतिनिधि र स्वाथ्य कर्मीहरुको समन्वय एवम सहकार्य’ कार्यक्रममा बोल्दै मन्त्री पुन मगरले ईलेक्टेड र सलेक्टेड वीचको समन्वय अहिलेको आवश्यकता रहेको समेत बताएका हुन । लोकसेवा आयोग को चुनौति परिक्षा पारी गरि सेलेक्टेड भएर आएका जनशक्ति र जनताको मत पाएर ईलेक्टेड…

लुम्बिनी बजेट: आँखाको नानी प्रत्यारोपण निशुल्क ,स्यंसेविकालाई ५० हजार दिएर अवकाश सम्म

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि रू.३८ अर्ब ९७ करोड बराबरको बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रू.११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगततर्फ रू.२४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि रू. ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत रहने अनुमान रहेको आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बताए । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष२०८१/०८२को स्वास्थ्यको बजेट तथा कार्यक्रम यसप्रकार रहेका छन।…

लुम्बिनी प्रादेशिक अस्पतालमा एम.आर.आइ. सेवाको लागि १५ करोड

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एम.आर.आइ. सेवा बिस्तारको लागि रू. १५ करोड बिनियोजन गरेको छु । अर्थमन्त्री चेतनारायण आर्चायले बजेट भाषणमा उक्त कुरा बताउनु भएको छ। त्यस्तै प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवाको विस्तार गरिनेछ । पहाडी तथा दुर्गम स्थानका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन चिकित्सकहरुलाई प्रोत्साहन गरिनेछ ।