अस्पताल सेवाग्राहीप्रति जिम्मेवार बन्नुपर्छ :स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पताल सेवाग्राही प्रति जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । पाल्पा जिल्ला अस्पतालद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो बताउनुभएको हो ।

सारुले आफ्नो विभागीय जिम्मेवारीअनुसार सेवाग्राहीमुखी कार्य सम्पादनमा लाग्न र बिरामीलाई समुचित परामर्श प्रदान गरी सन्तुष्ट बनाउन लाग्नु पर्ने बताउनुभयो । सारुले अस्पतालमा कार्यरत कर्मचारीलाई जिम्मेवार बनेर सेवा प्रदान गर्न सुझाव दिनुभयो ।

जिल्ला अस्पताल पाल्पा विकास समितिका निवर्तमान अध्यक्ष गुरास आत्रेयले दक्ष जनशक्तिको अभावका कारण बिरामीलाई सहज रुपमा सेवा दिन कठिन भएको बताउनुभएको थियो ।

सूचना अधिकारी रेडियोलोजीस्ट प्रमिला पाठकले कम दरबन्दी भएका कारण र आएका डाक्टरहरु पनि दुई चार महिनामा सरुवा गर्ने समस्या रहेको बताउनुभयो ।

पाठकले अस्पतालमा हाल ८ जना डाक्टरले बिरामीलाई सेवा दिए पनि अध्ययन विदामा गएका कारण समस्या परेकाले यसलाई व्यवस्थित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक :