बुटबलमा दुधको गुणस्तर खस्कियो : सरोकारवालासँग छलफल

स्वास्थ्यसमाचार/बुटवलमा बिक्री भइरहेको दुधको गुणस्तर बढाउन बुटवल उपमहानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ।बुधबार बुटवलभित्र दुध तथा दुधजन्य पदार्थ बिक्री वितरण गर्ने सप्लायर्स र डेरी व्यवसायीहरुका बीचमा छलफल भएको हो।

यही साउन १४ र २४ गते दुधको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही पठाएपछि प्राप्त नतिजाबारे छलफल गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।

उनले बुटवलमा बिक्री हुने दुधको गुणस्तरमा केही समस्या देखिएकाले समाधान तर्फ चासो दिन व्यवसायीहरुलाई आग्रह गरिन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालअनुगमन महाशाखा प्रमुख तुल्सा अर्यालखाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य निरीक्षक दीपक कुमार यादवडेरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्षलगायतले बोल्दै दुधको गुणस्तर बढाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका थिए।

सम्बन्धित शिर्षक :