औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु, ३४ घाईते

प्लान्टको रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट

भारतको आन्ध्र प्रदेशको एक औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाले ज्यान गुमाएका छन् ।

बुधबार दिउँसो सवा २ बजे आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्‍फोट हुँदा १७ जनाले ज्यान गुमाएका हुन्।

यस घटनामा ३४ जना घाइते भएका छन्। प्लान्टको रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट भएको बताइएको छ ।

सम्बन्धित शिर्षक :