भलाई कोषसँग बुटवल हस्पिटल प्रा.लि.को उपचार सम्झौता

स्वास्थ्यसमाचार/ बुटवलमा रहेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषसँग आवद्धरहेको सदस्यहरुको उपचार अब बुटवल हस्पिटल प्रा.लि.मा हुने भएको छ ।

विगत२४ वर्षदेखि निरन्तर स्वास्थ्य उपचारमा स्थापित बुटवल हस्पिटलले भलाईकोषमा आबद्ध रहेका सदस्यहरु, कोषका कर्मचारी, व्यवसायी तथा मजदुरहरूकालागि बिषेश छुट सहित उपचार गर्ने गरि आईतबार सम्झौता गरेको हो ।

भौतिक पुर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरि नमुनाअस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब भलाई कोषसँगको सहकार्यमाउपचार प्रक्रिया अघि बढाउने भएको छ । भलाई कोषमा अहिले करिव ४ हजार सवारीसाधनहरुको आवद्धता रहेको छ ।

जसमा सरकारी तथा नीजि साधनहरु रहेका छन् ।सम्झौतापछि भलाई कोषको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ। त्यसरी संस्थागत सिफारिसमा आउने विरामीहरूका लागि हस्पिटलले विशेष छुटसहित उपचार गर्ने गरि लिखित सम्झौता भएको हो ।

सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद शर्मापौडेल,बिक्रम खड्का र सुमन तिमिल्सिनाले हस्ताक्षर गर्नु भएको छ भनेकोषका तर्फबाट अध्यक्ष दिनेश फुल्लेल,उपाध्यक्ष छविलाल थापा, महासचिव योग गुरुङ, सचिव बृजेश न्यौपाने, कोषाध्यक्ष प्रकाश कुमार नेपाल र कार्यालयप्रमुख थानेश्वर बस्यालले हस्ताक्षर गर्नु भएको छ ।

दुई पक्षीय सम्झौतासँगै बिरामीहरुको उपचारका लागि सहजता मिल्ने बुटवलहस्पिटल प्रा.लि.का अध्यक्ष पौडेलले बताउनु भयो । उहाँले छिटो छरितो रसर्वसुलभ ढंगले उपचार गर्नेगरि बुटवल हस्पिटलले प्रवन्ध गरेको बताउनु भयो
। उहाँले भन्नु भयो– अबका दिनमा यहाँका बिरामीहरु उपचारका लागि राजधानीकाडमाडौं देखि भारतीय शहरहरुमा जानु पर्ने अवस्थामा कमि ल्याउने हाम्रोउदेश्य रहेकोछ ।

उहाँले अहिले पनि धेरै बिरामीहरु भारतीय शहरहरुमा जाने रठुलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरीयसेवा दिने विषयमा लाग्नु पर्दछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै भलाईकोषका अध्यक्ष दिनेश फुल्लेलले यस क्षेत्रमै नमुना अस्पताल बनेको भन्दैयहाँको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पढाउन नपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो –बुटवलमा बल्ल अस्पताल जस्तो बनेकोछ, अब यहाँकाबिरामीलाई महंगो शुल्क तिरेर काठमाडौं या भरत पढाउन पर्दैन, सर्वसुलभ तथाछिटो छरितो उपचार पाउनका लागि बुटवल हस्पिटल हाम्रा लागि आवश्यक छ ।

बुटवल हस्पिटल प्रा.लि.भर्खरै आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुरुगरेको छ । झण्डै तिन दर्जन विशेषज्ञ चिकित्सक हरु सहित २ सय भन्दा वढीकर्मचारीहरुको संलग्नतामा बुटवल हस्पिटलले अत्याधुनिक प्रविधिकाउपकरण हरुको प्रयोग मार्फत सेवा दिईरहेको छ । जहाँ सबैखालका विरामीहरुकोउपचार सेवा रहेको छ ।

सम्बन्धित शिर्षक :