नेपाल स्वास्थ्य स्वयंसेवक संघ रूपन्देही जिल्ला कार्यसमिति गठन

स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति रूपन्देहीको आयोजनामा नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घ जिल्ला कार्यसमिति रुपन्देही गठन भएको छ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष घनलाल अर्यालको अध्यक्षतामा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजीमान श्रेष्ठ ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल नेपाल स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सदस्य मदन पोखरेल सुमन मिना श्रेष्ठ तथा नेपाल स्वास्थ्य स्वयंसेवक का केन्द्रीय अध्यक्ष बसन्ती महर्जन लगायत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको र देशको स्वास्थ्य स्थिति सुधारको लागि अत्यन्तै अतुलनीय योगदान रहेको बताउनु भयो।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजीमान श्रेष्ठ नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल नेपाल स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सदस्य मदन पोखरेल सुमन नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घका केन्द्रीय अध्यक्ष बसन्ती महर्जन तिलोत्तमा नगरपालिकाका वडा नं५का अध्यक्ष रमेश डुम्रे नेपाल स्वास्थ्यकर्मीसँग निवर्तमान केन्द्रीय सदस्य केदारनाथ शाह र ओमप्रकाश पन्थीले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो। स्वास्थ्य स्थिति सुधारको लागि उहाँको योगदानलाई सरकारले उचित कदर गर्नुपर्ने उहाँहरुले बताउनु भयो।

नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घ जिल्ला कार्यसमिति रूपन्देहीको अध्यक्षतामा मिना श्रेष्ठ तथा सचिवमा करुणा जोशी खड्का लगायत को २७ जनाको समिति सर्व सहमत रुपमा चयन भएको छ।कार्यक्रममा २५० जनाभन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको कार्यक्रमको स्वागत करुणा जोशी खड्का र सञ्चालन नन्दराम पौडेलले गर्नुभएको थियो।

सम्बन्धित शिर्षक :