पाल्पा अस्पताल औषधीमा कमिसनको चक्करः सम्झौता एउटासँग, खरिद अर्कोसँग

स्वास्थ्यसमाचार/ पाल्पा जिल्लामा रहेको जिल्ला अस्पतालले बिमा बापत सहुलियतमा बिरामीहरूलाई उपलब्ध गराउँदै आएको औषधी एउटा सप्लासर्यसँग सम्झौता गरी अर्को सप्लायर्स संग खरिद गरी दिँदै आएको प्रमाण भेटिएको छ ।

औषधी सप्लायर्सको लागि अस्पतालले खुल्ला टेण्डर आह्वान गरेको थियो । बोल कबोलको आधारमा २०८० मंसिर १ गते बुटवलको एवान फार्मेसी संग सम्झौता गरेर विभिन्न प्रकारका औषधीको सप्लाई गर्ने गरी सम्झौता गरेको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बहादुर जिसीले एवान फार्मेसी बुटवलका प्रोपाईटर कृष्ण बहादुर जिसीसंग सम्झौता गरेका थिए ।

सम्झौता गरेको केही समय सम्म पाल्पा जिल्ला अस्पतालले तोकीएबमोजिम औषधी खरिद गर्ने गरेको भएपनि पछिल्लो समयमा भने उक्त सम्झौतामा तोकीएको औषधीहरू अन्य सप्लायर्सबाट लिने गरेको पाइएको हो ।

अस्पतालमा आउने बिरामीहरूको लागि प्रयोग हुने बीमाका औषधी क्युरोक्सीम एक्सल, प्यान्टाप्राजल औषधी अन्य सप्लासर्यबाट लिने गरेको पाइएको हो । यस्तै २०८० साल मंसीर १ गते नै बुटवल उपमहानरपालिका वडा नम्बर ६ मा रहेको एक्साईड फार्मेसीसंग पनि विभिन्न प्रकृतिका औषधी खरिद गर्ने गरी सम्झौता गरिएको छ ।

फार्मेसीको तर्फबाट बुद्ध प्रसाद ज्ञवाली र अस्पतालको तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बहादुर जिसीले सम्झौता गरेका छन् । तर यो सप्लायर्स संग गरिएको सम्झौता अनुसार साईमेक्स २०० एमजी ट्याव अर्को सप्लायर्सबाट खरिद गर्दै आएको पाइएको हो ।

जिल्ला अस्पताल पाल्पाले २०८१ भदौ १६ गते खरिद आदेश बनाइ सम्झौतामा तोकीएको औषधी अन्य सप्लायर्सबाट खरिद गर्नको लागि खरिद आदेश दिएको पाइएको छ । जसमा फर्मेसी अधिकृत (करार) मधु खड्काले हस्ताक्षर गरेकी छिन् ।

यस्तै पोखराको सन फार्म डिष्टिुव्युर्टस संगै पनि संग पनि सम्झौता गरेको २ वटा औषधी पनि जिल्ला अस्पतालले मेडी हेभवन ड्रग डिष्टिव्युटर्सलाई खरिद आदेश दिएर खरिद गरेको पाइएको छ ।अस्पतालको जिन्सी शाखाबाट मेडिहेभन ड्रग डिष्टिव्युटर्सबाट उक्त औषधी गरिद गरिएको पाइएको हो ।

जसमा १० प्रकारका औषधी खरिद गरेको पाइएको हो । सार्वजनिक खरिद ऐन बमोजिम पहिला नै सम्झौता गरिएको कुनै पनि सप्लासर्यले नियमित रूपमा उपलब्ध गराउन नसकेमा वा विशेष जटिल अवस्थामा मात्रै अन्य स्थानबाट खरिद गरी प्रयोग गर्नुपर्ने नियम भएपनि अस्पतालको फार्मेसी डिपाटमेन्टले भने पुरानो सम्झौता गरिएको सप्लायर्सबाट कमिसन नपाउने भएपछि अर्को नयाँ सप्लायर्सबाट खरिद गरेको आरोप समेत लाग्ने गरेको छ ।

यता, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बहादुर जिसीले पहिला माग फारम अनुसारको औषधी माग गरिए अनुसार सप्लासर्यबाट सप्लाई हुन नसकेपछि अर्को निकायबाट खरिद गरेको हुन सक्ने बताए । उनले यो विषयमा आफू पनि जानकारी नभएको भन्दै सम्बन्धीत फार्मेसी निकायसंग बुझेर मात्रै जानकारी दिन सकिने बताए ।

सम्बन्धीत सप्लायर्स संग गरिएको सम्झौता अनुसार माग फारम अनुसार पेश गरेको ७ दिन भित्र औषधी सम्बन्धीत सप्लायर्सले दाखिला गर्न नसकेमा मात्रै अन्य निकायबाट खरिद गर्न पाउने प्रावधान रहेको छ । यद्यपी पहिला नै सम्झौता गरेका (ठेक्का÷टेन्डर) गरेका सप्लायर्सलेले केही सिमिति औषधीको जो अन्य स्थानमा नपाउने अवस्था भएपनि खरिदको लागि आदेश आउने गरेको र अन्य भने अस्पताले अन्य निकायबाट नै खरिद गर्ने गरेको बताउँदै आएका छन।

नेपाल औषधी थोक व्यवसायी संघ रूपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसीले सरकारी निकायमा काम गर्ने थोक व्यवसायीहरूले पटक पटक एउटा संग सम्झौता गर्ने तर अर्को निकायबाट सप्लाई गर्ने गरेका गुनासो आउने गरेको बताउँछन ।

उनले पाल्पा जिल्ला अस्पताल जस्तै अन्य स्थानीय तहका अस्पताल तथा प्रदेश र संघीय अस्पतालमा पनि औषधी सप्लाई गर्दै आएका व्यवसायीहरूले कानून बमोजिम सम्झौता गरेर औषधी सप्लाई गरेपनि विचमा ति निकायबाट विभिन्न वाहानमा सम्झौता गरिएका व्यवसायिक फार्मभन्दा बाहिरबाट खरिद गर्ने गरेको गुनासो आउने गरेको बताए ।

उनले भने–‘यो विषयमा पटक पटक गुनासो आउने गरेको छ, हामी संस्थागत रूपमा समेत ध्यानाकर्षण गराएका छौं, व्यवसायीले लाखौको धरौटी राखेर काम गरेको हुन्छ, तर निकायबाट औषधी खरिद गर्दा अन्य निकायबाट गर्ने गर्दा व्यवसायीहरू मारमा पर्ने गरेका छन।’साभारः (यो समाचार आजको बुटवल टुडे पत्रिकामा छापिएको छ )

सम्बन्धित शिर्षक :