स्वास्थ्यसमाचार/ भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । भारतबाट भिडियो सन्देशबाट भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहनुभएका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ। सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भन्नुभएको छ, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’ उहाँले छिट्टै नै स्वदेश फर्किने पनि बताउनुभएको छ। https://fb.watch/jUTrAECP4j/
समाचार
कोरोना सङ्क्रमणबाट एकको मृत्यु, थप १२१ सङ्क्रमित
स्वास्थ्यसमाचार/ कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै, आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्कनुभएको छ । यसैगरी, काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष ९आइसियु० र तीन जना भेन्टिलेटरमा उपचारत छन् । हालसम्म चार सय ४५ जना…
सिमानाका बेलहियामा मनोपरामर्श सहित एचआईभी परिक्षण
स्वास्थ्यसमाचार/ सिमानाका बेलहियामा मनोपरार्स सहित एच आईभी परिक्षण गरिएको छ।रोजगारीको शिलसिलामा छिमेकी देश भारत जाने नेपालीहरूको संख्या उल्लेखनीय रहेको कारण सिमामा मनोपरार्स सहित एच आईभी परिक्षण गरिदै आएको हो। रोजगारीको क्रममा विदेश जाँदा कुनै साथी भाईको लहैलहमा लागेर वा यौन चाहनाले मानिसले असुरक्षित यौन सम्पर्क गर्ने गरेको पाईन्छ । जसको कारण यदी यौन पार्टनर एचआईभी तथा अन्य रोगबाट संक्रमित भएको भए उताबाट जोखिमयुक्त यौन सम्पर्क गर्ने व्यक्तिलाई पनि रोग सर्ने संभावना उच्च रहन्छ । नेपालमा रोजगारी गरेर वा अन्य प्रयोजनबाट भारत जाने नेपालीहरूको लागि सिमा नाका बेलहियामा निःशुल्क एचआईभीको परिक्षण हुन्छ भन्ने…
राष्ट्रिय आयुर्बेद एशोसिएसनको अध्यक्षमा भट्टराई, नयाँ कार्यसमितिमा को–को ?
स्वास्थ्यसमाचार/राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को केन्द्रीय अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशनले एशोसिएसनको केन्द्रीय बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत, केन्द्रीय खुल्ला उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, केन्द्रीय उपाध्यक्षमा शालिक राम भुसाल र सरिता भण्डारीलाई चयन गरेको छ। त्यस्तैगरी केन्द्रीय प्रदेश उपाध्यक्षमा (कोशी प्रदेश) डा.सञ्जिव कुमार यादव, (मधेस प्रदेशबाट) संजय कुमार प्रसाद, (बागमती प्रदेशबाट) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेशबाट) डा.बप्रफुल्ल चन्द्र यादब, (कर्णाली प्रदेशबाट) डा. शंकर प्रशाद रिजाल र (सुदुरपश्चिम प्रदेशबाट) लोकराज भट्टलाई चयन गरेको छ।…
नेपाल फार्मेसी संघको अध्यक्षमा किरण ढकाल निर्विरोध निर्वाचित
स्वास्थ समाचार ।नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशनले किरण ढकालको अध्यक्षतामा ३ बर्षका लागि २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। जस्को उपाध्यक्षमा सफिर रहमान, टेक विके र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिव प्रसाद पोख्रेल, सह-कोषाध्यक्षमा विनोद पन्त, सदस्यहरूमा नविन धामी, राजेश भट्ट, ध्रुव कुमार शर्मा, खगेन्द्र घिमिरे, कबिन मलेकु, गोविन्द खत्री, दिनेश विष्ट, ओमकार अर्याल, राम प्रसाद अर्याल, लक्ष्मी कुमारी केसी, रामचन्द्र कोईराला रहनुभएको छ। संघका अध्यक्ष अमृत खनालको अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री मा. लिला गिरी ज्यूको प्रमुख…
स्वास्थ्यकर्मी संघद्धारा स्वागत बधाई तथा शुभकामना आदान प्रदान
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट एवम् पदस्थापना हुनुभएका डाक्टरहरु लाई बधाई र शुभकामना प्रदान कार्यक्रम गरिएको छ। नेपाल स्वास्थ्यकर्मी संघ इकाई कमिटी लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको आयोजनामा स्वागत बधाई तथा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो। नेपाल स्वास्थ्यकर्मी संघ इकाई कमिटी लुम्बिनी प्रादेशिक अस्पताल ईकाई कमिटीका अध्यक्ष भिम ज्ञाबलीको अध्यक्षता मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाले अस्पतालमा देखीने गरि काम गर्ने बताउनु भएको छ। अस्पतालमा काम नभएको होईन धेरै…
राष्ट्रिय स्वास्थ्यकर्मी द्धारा नयाँ मेसु डाक्टर र स्वास्थ्यकर्मी लाई स्वागत
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट एवम् पदस्थापना हुने डाक्टर साथै स्वास्थ्यकर्मीहरूलाई बधाई र शुभकामना प्रदान कार्यक्रम गरिएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल लुम्बिनीकोे आयोजनामा बधाई र शुभकामना कार्यक्रम गरिएको हो। राष्ट्रिय स्वास्थ्यकमी महासंघ,नेपाल लुम्बिनीका अध्यक्ष चिन्तामणि ज्ञाबलीको अध्यक्षता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिब तथा प्रदेश ईन्चाज खगराज पोखरेलको प्रमुख आतित्यमा भएको बधाई र शुभकामना कार्यक्रम वोल्दै नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापाले लुम्बिनी प्रादशिक अस्पतालको मुहार फेर्ने गरि काम गर्ने बताउनु भएको छ। उहाले अस्पतालमा अहिले मुख्य समस्याका रुपमा बिमा, ईर्मेजेन्सी…
बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु
स्वास्थ्यसमाचार/ बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान शुरु भएको हो । अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । उहाँले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानून बनाइरहेको बताउनुभयो…
गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. राजेन्द्र जिसी नियुक्त
स्वास्थ्यसमाचार /डा उत्तम पाच्य को काज बिर अस्पतालमा फिर्ता भएपछि बिगत २ महिना देखी खाली रहेको गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर राजेन्द्र जिसीलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले डा. जिसीलाई जिल्ला अस्पताल गूल्मीको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जिसी ९ औं तहका फिजिसियन डाक्टर हुन् । हाल उनी अर्घाखाची जिल्ला अस्पतालका कार्यरत रहेका छन। डा उत्तम सरुवा भएपछि अस्पतालका कर्मचारीले बिगत २ महिना देखी तलब खाननपाएको बताईएको छ।
रुपन्देहीमा स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्म योजना तर्जुमा कार्यक्रम सुरु
स्वास्थ्यसमाचार /राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम सुरु भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा सैनामैना नगरपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ। खोप अधिकृत भेषराज शर्माको अध्यक्षता चिन्तामणी ज्ञाबलीको संञ्चालन र देबेन्द्र गुरुडको स्वागतमा सुभारम्भ कार्यक्रममा वोल्दै खोप अधिकृत भेषराज शर्माले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा गरि आगामी आर्थिक बर्षको लागी जिल्लामा के कति खोप आबश्यकता पर्छ…