आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको (बिक्री वितरण नियन्त्रण) गर्न स्वास्थ्यकर्मीहरूसँग बहस पैरवी

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको (बिक्री वितरण नियन्त्रण)ऐन, २०४९ सम्बन्धि स्वास्थ्यकर्मीहरूसँगको बहस पैरवी कार्यक्रम गरेको छ। पोषण बिषेश कार्यक्रमहरुको समिक्षामा जिल्लामा (बिक्री वितरण नियन्त्रण) गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पोषणसँग सम्बन्धित जानकारी दिदै स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक डा.बिनोद कुमार गिरीले शिक्षित आमाहरुले पूर्ण स्तनपान कम गराउने गरेको पाइएको तथ्यांक रहेको बताउनु भयो । उहाले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार पूर्ण स्तन पानको दर मध्यम तहभन्दा शिक्षित आमाहरूमा कम देखिएको वताउनु भयो।

उहाले ८० प्रतिशत मानिस नसर्ने रोगबाट ग्रसित रहेको तथ्याकं उल्लेख गर्दे जंक फुड सुर्तीजन्य पर्दाथ र खाद्यपदार्थको मिसाबट नियन्त्रण कडाई गर्नु पर्ने बताउनु भयो । निर्देशक डा गिरीले स्थानिय तहमा नियन्त्रण गर्नको लागी अनुगमन गर्ने चिकित्सकको सल्लाहबाहेक अरुलाई नखुवाउन जनचेतना जगाउने लगायतका काम गर्नु पर्ने बताउनु भयो।

समीक्षामा लुम्बिनी प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको बिक्री वितरणलाई नियन्तण गर्नको लागी स्वास्थ्यकर्मीहरुले निगरानी गर्ने उपहार जस्ता बस्तु नलिने गर्नु पर्ने बताउनु भयो । ब्यापारीहरुले बिक्री बिरतरका लागी प्रलोभनमा पार्ने हुदा उपहार जस्ता बस्तु नलिन आग्रह गर्नु भयो।

उहाले अबस्था हेरीकन अनुगमन गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नु भयो । हामी सबैको सानो पहलले दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको बिक्री वितरण नियन्त्रणमा आउने बताउनु भयो ।

स्वास्थ्य कार्यलय रुपन्देहीका पोषण प्रमुख टिकाराम अधिकारीका नेपालमा ५ वर्ष मुनिका बालबालिका मध्ये २५ प्रतिसतमा stunting, ८ प्रतिशतमा wasting र १९ प्रतिशत कम तौल रहेको पाइएको छ । त्यसैगरी, रुपन्देही जिल्लामा ५ वर्ष मुनिका बालबालिकामा २५.१ प्रतिशतमा stunting, १६.२ प्रतिशतमा wasting र २३.३ प्रतिशतमा कम तौल रहेको पाइएको अधिकारीले बताउनु भयो।

लुम्बिनीमा बाल मृत्यु दरको १६ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ। सवै प्रकारको कुपोषण न्यूनीकरणमा स्तन पानको भूमिका महत्वपुर्ण हुन्छ अधिकारीले भन्नु भयो।उहाले सरकारले स्तन पानलाई संरक्षण र सम्बर्द्धन गर्न तथा सबै प्रकारका कुपोषण न्युनीकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको परिवार अधिकारीले बताउनु भयो ।

कार्यक्रममा स्थानिय पालिकाहरुले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्रि वितरण नियन्त्रण)मा भएको कामको समेत समिक्षा गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल भिम अस्पतालमा यो कार्यन्यन भएको १६ पालिका मध्ये केहि पालिकामा कार्यक्रम भएको केहीमा लागु गर्ने र नभएकाहरुलाई अब लागु गर्ने स्थानिय तहका स्वास्थ्य प्रमुखहरुले बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले रुपन्देही जिल्लामा यो आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्रि वितरण नियन्त्रण) कार्यलाई लागु गर्ने स्थानियतह सक्रिय हुनु पर्ने बताउनु भयो । स्वास्थ्य कार्य रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको थियो।

 

सम्बन्धित शिर्षक :