रुपन्देहीमा २ सय बढी बालबालिका अटिजम प्रभावित

स्वास्थ्यसमाचार /विश्व अटिजम जागरुकता दिवसको अवसरमा बुटवलमा जनचेतनामुलक ¥याली प्रदर्शन गरिएको छ । अटिजम केयर शोसाईटी लुम्बिनीले १६ औं विश्व अटिजम जागरुकता दिवसको अवसरमा आईतबार बुटवलमा जनचेतनामुलक ¥याली प्रदर्शन गरेको हो । अटिजम प्रभावित बालबालिकाको लागि आवश्यक सहयोग बढाउन चेतना फैल्याउने उद्देश्यले सन् २००८ देखि अप्रिल २ मा विश्व अटिजम जागरुकता दिवस मनाउन थालिएको हो । अटिजम स्पेन्ट्रम डिसअर्डर रोग नभई एउटा अवस्था हो भनेर समुदायमा जनचेतना फैल्याउनको लागि अटिजम भएका बालबालिकाका अभिभावक सहित चेतनामुलक ¥याली प्रदर्शन गरिएको अटिजम केयर शोसाईटी लुम्बिनीका अध्यक्ष डा. सतिस रुपाखेतीले बताउनु भयो । समुदायमा…

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा अर्याल

स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा नारायणप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको तम्घासस्थित बालमन्दिरमा आयोजित स्वास्थ्यकर्मीहरुको भेलाले अर्यालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । युनियनको उपाध्यक्षमा दिलबहादुर थापा, महिला उपाध्यक्षमा इन्दु घर्तिमगर, सचिवमा प्रमोद ज्ञवाली, सहसचिवमा सपना टण्डन, कोषाध्यक्षमा रेनुका पाण्डेय र सहकोषाध्यक्षमा ढुण्डिराज पन्थी निर्वाचित भएका निर्वाचन समिति संयोजक पशुपति आचार्यले वताए । सदस्यहरुमा भगवती ज्ञवाली, मिलन खासु, मनिषा नेपाली, लक्ष्मी श्रेष्ठ, सुमन पन्थी, श्यामसुन्दर पोख्रेल, ठाकुर ज्ञवाली, पशुपति कँडेल, रोशन घर्ति, शेषराज खत्री, तोमबहादुर श्रीष, गोविन्दराज अर्याल र रमेशराज मरासिनी निर्वाचित भएका छन् । नेपाल…

अटिजम भएकामा विलक्षण प्रतिभा पनि हुन्छ : डा. असिम श्रेष्ठ

संसारमा अटिजम र एटेन्सन डिफिसिट हाइपर एक्टिभ सिन्ड्रोमका (एडिएचएस) लक्षण भएका बालबच्चाको संख्या दिनप्रतिदिन बढिरहेको तथ्यांकहरू सार्वजनिक भएका छन् । नेपालमा पनि यसको संख्या बढ्दो नै छ । अमेरिकाको संस्था सेन्टर फर डिजिज कन्ट्रोलको अध्ययनअनुसार जन्मेका ५९ जना शिशुमध्ये एकजनामा अटिजमको समस्या हुन्छ । विश्वको एकदेखि दुई प्रतिशत मानिसमा अटिजम भएको अनुमान गरिएको छ । नेपालमा अटिजमको आधिकारिक तथ्यांक भने छैन । नेपालमा दुईदेखि साढे दुई लाख मानिसमा अटिजम भएको हुन सक्ने विज्ञहरूको अनुमान रहेको छ । चिकित्सकका अनुसार अटिजम जन्मजात हुने समस्या हो । स्नायु प्रणालीको विकासक्रममा हुने एक…

प्रदेश स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्र लुम्बिनीको निर्देशकमा चौधरी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखको जिम्मेवारी रोशनलाल चौधरी पाएका छन्। स्वास्थ्य मन्त्रालय लुम्बिनीले चौधरीलाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा सरुवा गरेको हो।गत फागुन १० गते प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश कुमार चापागाई उमेरहदको कारण अबकास भएपछि खाली रहेको केन्द्रमा चौधरीलाई प्रमुखको जिम्मेवारी दिएको छ। बरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत रहेका थिए। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेश यस प्रदेशमा स्वास्थ्य आपूर्तिको प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। यस केन्द्रले प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्दछ । आपूर्ति श्रृखला व्यवस्थापन…

सरकारी चिकित्सकले निजी क्लिनिकमा नाम प्रयोग गर्न नपाउने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका चिकित्सकहरुलाई निजी क्लिनिकमा नाम प्रयोग नगर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालयले एक सूचना प्रकाशित गरी निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य नगर्न भनेको हो । मन्त्रालयका शाखा अधिकृत शेरबहादुर विक हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्ने गैरव्यवसायिक र अनैतिक कार्य गर्न नहुने व्यहोरा सम्बन्धित सबै चिकित्सकहरुका लागि सूचित गरिन्छ ।’ मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकमा नाम प्रकाशित गर्ने कार्य स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली २०५५, जनस्वास्थ्य सेवा ऐन, २०७६,…

स्वास्थ्य र शिक्षा सम्वृद्धि र सम्मुनतिको आधार: नगरप्रमुख पन्थी

स्वास्थ्यसमाचार/नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा गुल्मीको ११ औं जिल्ला सभा  सम्पन्न भएको छ । बुधबार “हो, हामी क्षयरोग अन्त्य गछौं”, भन्ने मूल नाराका साथ ११ औं जिल्ला सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको हो । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा आयोजना गरिएको सभामा संस्थाका अध्यक्ष जगन्नाथ गौतमको अध्यक्षता तथा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सोही अवसरमा नगरप्रमुख पन्थीले स्वास्थ्य र शिक्षा नै सम्मुनति र समृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । उहाँले स्वास्थ जस्तो सवेंदनशिल क्षेत्रमा गम्भीर बन्नुपर्ने…

नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्यसमाचार/ पछिल्लो चौबिस घण्टामा देशभर थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, देशभर १ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।

२०२५ सम्ममा औंलो निवारणको लक्ष्य पुरा गरौ :स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले २०२५ सम्ममा मलेरिया (औंलो) निवारण गर्ने लक्ष्य पुरा गर्ने तर्फ सबै केन्द्रीत हुनुपर्ने वताउनु भयो। प्रदेश स्तरीय औंलो निवारण निर्देशक समितिको प्रथम बैठकमा उक्त कुरा बताउनु भयो। मन्त्री पन्थीले नरैनापुर लगायतका पालिकामा औंलोको बढि समस्या देखिएको छ त्यहाँ कार्यक्रम केन्द्रित गर्नुपर्नेछ। स्वास्थ्यको क्षेत्रमा प्रदेशमा जहाँ जहाँ समस्या र अभाव छ त्यसका लागि प्रदेश सरकारले आवश्यक बजेट र कार्यक्रमलाई प्राथमिकता दिएको समेत मन्त्री पन्थीले बताउनु भयो स्वास्थ्य मन्त्री विष्णु पन्थी अध्यक्षता, स्वास्थ्य निर्देशक डा. विनोद गिरी, केन्द्रका डा. गोकर्ण दाहाल, तालिम केन्द्रका निर्देशक नोद…

गुल्मी अस्पतालमा जनशक्ति अभाबले डेढ वर्षदेखि आइसियू अलपत्र

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा जनशक्ति नहुँदा डेढ वर्षदेखि दुईवटा भेन्टिलेटरसहित पाँच बेडको आइसियू अलपत्र परेको छ । कोभिड– १९ को वेला दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको काम भएको छ । तर, पाइपलाइन विस्तार र जनशक्ति नहुँदा आइसियू अलपत्र भएको हो । डेढ वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरणसमेत अलपत्र छ । यता रेसुंगा नगर कार्यपालिकाको पहिलो बैठकले गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्ने निर्णय गरेको छ । डायलाइसिस मेसिन खरिद गरेर गुल्मी अस्पतालबाट सेवा दिने नगर कार्यपालिकाको निर्णयले केही उत्साहित बनाएको छ । तर, उपकरण…

रुपन्देहीमा ७२ जना पत्रकारले गराए आँखा जाँच

स्वास्थ्यसमाचार /नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निशुल्क आंखा जांच गरिएको छ । नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निशुल्क आखां जांच गरिएको हो । आँखा जाँच अघि आयोजित संक्षितप्त शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा। बालकृष्ण चापागाईले पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गरि महासंघले आँखा शिविर राखेर राम्रो काम गरेको बताए । कार्यक्रममा नेत्रज्योती संघ रुपन्देहीका सभापती कमलराज जोशीले देशैभर पत्रकारका लागि निशुल्क आँखा शिविर आयोजना गर्ने समझदारी अनुसार रुपन्देहीमा…