बुटवल उवासंघ स्थापना दिवसको पूर्वशन्ध्यामा रक्तदान

स्वास्थ्यसमाचार/ बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको स्थापना दिवसको पूर्व शन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । संघको ६९ औं स्थापना दिवसको अवसरमा सोमबार संघको सचिवालय परिसर बुटवलमा रक्तदान गरिएको हो । निजी क्षेत्रको यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो । त्यसयता संघले व्यवसायिक बिकास, उनीहरुको हकहितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा समेत नेतृत्वदायी भूमिका खेल्दै आएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी सदस्य, सुभेच्छुकहरुले रक्तदान गरेको संघका कार्यसमिति सदस्य तथा स्थापना…

सरकारको राष्ट्रिय रणनीति :२०३० सम्ममा एचआईभी अन्त्य गर्ने

स्वास्थ्यसमाचार/  सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ।एचआईभी निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो। स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताइन्।अघिल्ला योजना जस्तै यो बन्नका लागि मात्रै नभई कार्यान्वयनका लागि बनेको उनले बताइन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिप्रेन्द्र रमण सिंहले यो योजनाले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्न सहयोग पु¥याउने बताए। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा…

लुम्बिनी प्रादेशिक अस्पतालमा फागुन८गते फाईजर खोप लगाईने

स्वास्थ्यसमाचार /रुपन्देहीमा आईतवार फाईजर खोप लगाईने भएको छ।पहिलो खोप लगाएका र दोश्रो खोप लगाउन बाँकी ३ सय १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीमा आएको फाईजर खोप पहिलो मात्र लगाएका र बिचमा लगाउन छुटेका बाकी ३ सय १८ जनालाई आईतबार खोपलगाउने बताए। पहिलो डोज लगाएका वालवालिका दिर्घरोगीले आईतबार लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा आईखोप लगाउन आग्रह गरेका छन । कोभिडविरुद्धको फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दीर्घ रोगीलाई…

विश्वमा पहिलोपटक एचआईभी संक्रमित महिला निको

बीबीसी/अमेरिकी वैज्ञानिकहरूले एचआईभी संक्रमित एक महिलालाई रोगमुक्त बनाउन सफल भएका छन् ।ती महिला एचआईभी सङ्क्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएको दावी गरिएको छ । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए । रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ। उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छन्।तर विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण हुने बताएका छन्। बिरामीको उपचार गरिएको यो विषय मङ्गलवार…

स्वास्थ्य समाग्री बोकेर जन्मगाउँ आउछन पुर्व मुख्य सचिब पौडेल

स्वास्थ्यसमाचार /पटकपटक चिनियाँ सहयोग बोकेर जिल्ला आउने गरेका लिलामणि पौडेल अहिले पनि चीनिया सहायता बोकेर नै जिल्लाको बिभिन्न ठाउमा पुगेकाछन । युवा नेता यदु ज्ञवालीको आग्रहमा पौडेल सहयोग लिएर गाउँ आएका हुन । माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका अध्यक्ष समेत रहेका ज्ञवालीको संयोजनमा पौडेलले रुरुक्षेत्र भित्रका सम्पुर्ण स्वास्थ्य चौकी एवं माध्यमिक विद्यालयहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । चीनिया विश्व विख्यात कलाकार ज्याक चन्दले नेपाल र चीन विचको सयौं बर्षको संबन्ध अझै घनिष्ठ बनाउन पौडेलको अनुरोधमा नेपाललाई एक लाख थान मास्क लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए ।सोही मध्य केही…

जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ – स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार /ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट्याएको छ ।जिल्ला–जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताएको हो । मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्छ पाएसम्म जे एण्ड जे नै लगाउन मन्त्रालयले सुझाव दिएको छ । यदि उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६…

गुल्मीको बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी

स्वास्थ्यसमाचार /गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्स आगजनी गरेको छ। मुसिकोट नगरपालिका ४ बडागाउँस्थित बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनी भएको हो। लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे अज्ञात समूहले आगलागी गरेको चालक शंकर बगालेले जानकारी दिए। एम्बुलेन्स भारतीय भुतपूर्व सैनिकको सहयोगमा बडागाउँ स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको थियो। मुसिकोट ४ डाँडाथोक घरमा रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको र अगाडीको केहि भाग जलेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बगालेले बताए। बामी प्रहरीचौकी इन्चार्ज सई जनक थापाले घटनाको सूचना रातीनै प्राप्त भएपनि अब केहीबेरमा घटनास्थल पुगेर अनुसन्धान गर्ने बताए।  

क्यान्सरको उपचार नेपालमै सम्भव छ विदेश जानु जरुरी छैन:डा पण्डित

स्वास्थ्यसमाचार/हरेक किसिमको क्यान्सर रोेगको उपचार नेपालमै सम्भव भएको हुदाँ त्यसको पहिचान, पहिचानपछि उपचारको सुरुवातमा ढिलाई गर्न नहुने क्यान्सर रोग विशेषज्ञहरुले सुझाव दिएका छन् । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी र नेपाल बाल कल्याण संस्थाको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा भैरहवामा मंगलबार आयोजित सचेतना कार्यक्रममा विज्ञहरुले उक्त सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै बाल क्यान्सर रोग विशषज्ञ डाअन्जली पण्डितले भनिन्, ‘क्यान्सर धनी गरीब जोसुकैलाई हुन सक्छ । भोलिका दिनमा मलाई पनि हुन सक्छ, तपाईलाई पनि हुन सक्छ । यसैले क्यान्सर भयो भन्दैमा…

प्रदेश स्थापना भएको चार वर्ष धेरै उपलब्धि मुलक :मुख्यमन्त्री केसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश स्थापना भएको चार वर्ष धेरै उपलब्धि मुलक रहेको वताए । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको मौरिघाटमा आयोजित प्रदेश स्थापना दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन । लुम्बिनी प्रदेशले जनताको आकांक्षाहरुलाई पूरा गर्नका लागि सरकार निरन्तर लागिरहेको बताउँदै त्यसका लागि राजनीतिक एकता र सहकार्यको थप आवश्यक रहेको उनको भनाई छ । मुख्यमन्त्रीकेसीले भने अघिल्लो सरकारले शुरुवात गरेका कामलाई बर्तमान प्रदेश सरकारले निरन्तरता दिंदै गएको छ। प्रदेश सरकार प्रदेशबासी जनताको गास, बास, कपास, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनिय सुधारकाका लागि प्रतिबद्घ…

एमालेले माग्यो स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा

स्वास्थ्यसमाचार/नेकपा एमाले ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ।पार्टीका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा मन्त्री खतिवडाले झूट बोलेको भन्दै राजीनामा मागिएको उल्लेख छ। एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मन्त्री खतिवडाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भएको बेलामा आफूले कोभिडविरूद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ। सो अभिव्यक्ति झूटो र अफवाहपूर्ण भएको भट्टराईले बताए।‘खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झूटो र अफवाहपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ।मन्त्री खतिवडाले खोपको पहिलो मात्रा सिभिल अस्पताल, बानेश्वरमा लगाएको अभिलेखमा सुरक्षित रहेको…