पतन्जलीले रुपन्देहीको धकधईमा जडिबुटी प्रशोधन उद्योग सञ्चालन गर्ने

स्वास्थ्यसमाचार /पतञ्जली योगपीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले भारतको पतन्जली योगपीठले रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडिबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने भएको छ। पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसंग बोल्दै आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पांच सय जनाले रोजगारी पाउने वताउनु भयो । नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवद्र्धन गरेको उहाँको भनाई छ ।…

स्वास्थ्य सजगता अपनाई दशैं हर्ष उल्लासपूर्वक मनाउनुस्: स्वास्थ्य मन्त्री खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाललेसमाजमा रहेका सबै प्रकारका विकृति विसंगति एवं नकारात्मक सोंचलाई रुपान्तरण गर्न सक्नु पर्ने बताउनु भएको छ । विजया दशमीको शुभकामना सन्देश दिदै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले समाजमा विद्यमान नकारात्म सोंचलाई रुपान्तरण गरी शान्ति, सहिष्णुता, धैर्यता तथा सकारात्मक भावका साथ अगाडी बढने प्रण गर्ने दिन विजया दशमी भएको बताउनु भएको छ। मन्त्री खनालले असत्य माथि सत्यको विजयको दिन नै वडादशैं भएको भन्दै यो दिनले सबैलाई सिर्जनशिल समाज स्थापना गर्ने शक्ति दुर्गामाताले प्रदान गरुन भनी कामना गर्नु भएको छ । मन्त्री खनालले स्वास्थ्य सजगता अपनाई दशैं…

चिकित्सकको सुझाव:दसैँमा दिनमा ७० ग्रामभन्दा बढी मासु नखानुस

स्वास्थ्यसमाचार/चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताए । मदिराजन्य पदार्थले कलेजो, घाँटी, पेट, स्तन तथा आन्द्राको क्यान्सरको जोखिम बताउने उनको भनाइ छ । डा साहले भने, “रातो मासुको अत्याधिक प्रयोगले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।” पोलेको डढेको मासुमा पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन नामक तत्व…

तिलोत्तमा समायोजन मिलान भएका १३ स्वास्थ्यकर्मीले पाएनन तलव

स्वास्थ्यसमाचार/समायोजन मिलान भई तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यका १३ कर्मचारीहरुले गत १ साउन देखिएको तलव भत्ता पाउन सकेका छैनन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार नगरपालिकाले उनीहरुलाई हाजिरी गराए पनि तलव खुवाउन भने आलटाल गरिरहेको छ । दशैंको मुखमा साउन देखिकै तलव रोकिदा उनीहरु भने विचल्लीमा परेका छन् । एक जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले नियतबस नै आफूहरुलाई दुख दिन खोजेको आरोप लगाए । ‘हामी सरकारकै कर्मचारी हौँ । समायोजन मिलान भई यहाँ आएका हौँ । काम काज पनि गर्दै आएका थियौँ । १ साउन देखि दबरन्दी भन्दा बढीलाई तलव खुवाउन…

लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विमाका बिरामी धान्नै मुस्किल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई स्वास्थ्य बिमाका बिरामी धान्नै मुस्किल भएको छ।  अस्पतालको स्वास्थ्य बिमाबाट आर्थिक बर्ष २०७९/८०को साउन सम्म १लाख ३४ हजारले सेवा लिएका छन। त्यसमा ७४ हजार महिला र अन्य वाकी ५६ हजार पुरुष रहेका छन। अस्पतालको स्वास्थ्य बिमा प्रमुख भागिरथ रानाका अनुसार अस्पतालमा ४ वटा काउण्टरबाट बिमा सेवा दिएको बृद्ध जेष्ठ नागरिक हरुलाई छुट्टै काउन्टरको ब्यबस्था गरेको वताउनु भयो।  दैनिक अस्पतालमा ६ सय देखी ९ सम्म सम्म बिरामीले बिमामा वाट सेवा लिएको बताउनु भयो। बिमाबाट २६ करोड ४६ लाख ९ हजारका औषधी र सेवामा  प्रयोग भएको…

लुम्बिनी साँस्कृतिक नगरपालिका ३मा सुत्केरी भवनको शिलन्यास

स्वास्थ्यसमाचार/रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानका पहलमा निर्माण हुन लागेको एक प्राथमिक स्वास्थ्य चौकीको शिलन्याश भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३ स्थित लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र,लंकापुरको नगरका मेयर सजरुद्धीन मुसलमानले शिलान्यश गरेका हुन् ।करिब रु.७४ लाख ८० हजार मध्ये जिल्ला समन्वय समितिको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा सो स्वास्थ्य भवन निर्माण हुन लागेको हो । सुविधा सम्पन्न बन्ने भवनमा करिब १५ वटा उपचार कक्ष रहने छ ।३महिना भित्र निर्माण सम्पन्न गर्नेगरि ओझा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।सो शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मुसलमानले स्वास्थ्य…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ, नर्भिकमा उपचार जारी

स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘छातीमा समस्या देखिएपछि नर्भिक भर्ना हुनुभएको छ’, उनले भने, ‘दिउँसोदेखि नै अप्ठ्यारो भयो भनिरहनुभएको थियो।’अस्पतालका सिइओ अजय मिश्रले प्रधानमन्त्रीको चेकजाँच भइरहेको बताए। ‘उहाँको चेकजाँच भइरहेको छ’, उनले भने,‘डाक्टरहरूसँग मेरो कुराकानी भएको छैन।’

भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलित, किन माग्दैछन् प्रिन्सिपलको राजीनामा ?

स्वास्थ्यसमाचार/भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रिन्सिपल प्रा। डा। लक्ष्मी पाठकको राजीनामा माग गरेका छन् । कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका माग विद्यार्थीहरुले राखेका छन् । प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीका लागि नयाँ ड्रेस कोड लागू गरेकी थिइन् । तर यो ड्रेस कोड आफूहरुलाई मान्य नहुने विद्यार्थीहरुको अडान छ । प्रा। डा। पाठकले आफूहरुलाई अनावश्यक तनाव समेत…

गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. किशोर बन्जाडे नियुक्त

स्वास्थ्यसमाचार /गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर किशोर बन्जाडे नियुक्त हुनुभएको छ। मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर राजेन्द्र जिसी पाल्पा सरुवा भएपछि खाली रहेको उक्त ठाउंमा वरिष्ठ कन्सल्टेन्ट डा किशोर बन्जाडे लाई लुम्बिनी प्रदेश सरकारले नियुक्त गरेको हो। जिल्ला अस्पताल कपिलवस्तुमा वाट सरुवा भएका वरिष्ठ कन्सल्टेन्ट डा बन्जाडे लाई लुम्बिनी प्रदेश सरकारले गुल्मी सरुवा गरेको छ। डा बञ्जाडेले कपिलवस्तुमा रहंदा जिल्ला अस्पताललाई उत्कृष्ट अस्पताल बनाउनु भएको थियो। वरिष्ठ कन्सल्टेन्ट बन्जाडे सरकारले आफुलाई गुल्मीमा सेवा गर्न पठाएको वताउनु भयो। आफुले सकेसम्म जिल्ला अस्पताल गुल्मीलाई उत्कृष्ट अस्पताल बनाउन प्रयास रहने बन्जाडे को भनाई छ।

तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौं :स्वास्थ्यमन्त्री

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन् । मन्त्री बस्नेतले भने, ‘वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीहरुलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ । हिजोपनि म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ–सयौं कर्मचारीहरुलाई मैले त ९५ करोड भनेको थिए । अर्थ मन्त्रालयको…