लुम्बिनी भेरी र राप्तीअस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका ३ अस्पतालबाट ६० वर्ष माथिका ज्येष्ठ नागरिकले उपचार तथा स्वास्थ्य सेवामा ५० प्रतिशत छुट पाउने भएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरे अनुसार लुम्बिनी प्रदेशका ३ अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ र भेरी अस्पताल, नेपालगञ्ज, बाँक वाट यो सेवा पाईने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल ७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरेको भए सोही बिमा रकमबाट स्वास्थ्य उपचार प्रदान गर्नुपर्ने र बिमा रकम अपुग भएको अवस्थामा मात्र अस्पतालको जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम वा सामाजिक सेवा एकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

तर एउटै सेवाको लागि खर्च दोहो¥याउन भने पाइने छैन। अस्पतालले उपलब्ध गराएको वार्ड वा शय्याको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गराउँदा लागेको खर्चमा कुनै छुट सुविधा हुने छैन।

लुम्बिनी प्रदेशवाट
१. लुम्बिनी अस्पताल, बुटवल, रुपन्देही
२. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ
३ भेरी अस्पताल, नेपालगञ्ज, बाँके

सम्बन्धित शिर्षक :