रुपन्देहीमा ३७ हजार जेष्ठनागरिकले लगाए कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ रूपन्देहीका १६ पालिकामा दोस्रो चरणको कोरोनाविरुद्धको खोप ३७ हजार ५ सय ९१ जनाले लगाएका छन् । दुईचरमा १६ पालिकामा यो कोरोना बिरुद्धको खोप लगाईएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार १६ पालिकामा ६५ बर्ष भन्दामाथीका नागरिकहरु बुटबल उपमहानगरपालिकामा ४७ सय १४ सैनामैना नगरपालिकामा २५ सय १० तिलोत्तमा ७ हजार ४२ देबदह नगरपालिकामा २६ सय ३१ लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३५ सय ६६ कञ्चन गाउँपालिकामा १२सय ७४ मायादेबि गाउँपालिकामा १५ सय ९५ गैडहवामा २हजार ३९ सिदार्थ नगरपालिकामा १५सय ८२ शियारी गाउँपालिकामा १५ सय ८२ शुद्धोधनमा ११सय ४२ कोटहीमाई गाउँपालिकामा १८ सय ८८ सम्मरीमाई गाउँपालिकामा १८सय ३२ मर्चवारी गाउँपालिकामा २५सय ७१ ओमसतिया गाउँपालिकामा ११सय ८६ र रोहिणी गाउँपालिकामा १६ सय ६१ जना ६५ बर्षमार्थिका नागरिकले खोप लगाएका छन ।

जिल्लामा ५२हजार ६ सय ७८ नागरिकलाई कोरोना बिरुद्धको खोपलगाउने लक्ष्य भएपनि ३७ हजार ५ सय ९१ अर्थात (७१ प्रतिशत)ले खोप लगाएको डा गिरीले बताए । भ्याक्सीन खपत ३८सय २ र खेर जाने दर न्युन रहेको डा गिरीले बताए ।

रूपन्देहीका १६ पालिकामा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीका साथै टोल विकास संस्था, क्लबहरूले समेत सहयोग पु¥याएको पालिका प्रमुख हरुले बताए।रुपन्देहीका १६ पालिकामा मध्ये बढी खोप तिलोत्तमा नगरपालिकामा लगाईएको छ । तिलोत्तमा नगरपालिकामा ७ हजार ४२ जनाले खोप लगाए ।रुपन्देहीमा यो कुल जनसंख्याको ४ प्रतिशत रहेको छ ।

 

सम्बन्धित शिर्षक :