रुपन्देहीमा ४सय ८६ निको २सय ९४नयाँ संक्रमित ४ को मृत्यु

स्वास्थ्यसमाचार /रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या कमी हुदै आएको छ । जिल्लामा पछिल्लोे २४ घण्टाको अवधिमा १ हजार १८५ जनाको कोरोना परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो परीक्षणको करिब २५ प्रतिशत हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै ९० जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार  तिलोत्तमामा ६९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, देवदह नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५६ जना, कञ्चन गाउँपालिकामा ७ जनामा, ओमसतिया गाउँपालिकामा ६ जना, सियारी गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकामा २/२ जनामा र मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ३सय १२ पुगेको छ । जसमध्ये १८ हजार २३८ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ४सय८६ जना संक्रमित निको भएका छन् ।हाल जिल्लामा ५ हजार ६सय ९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३सय ८१ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा गिरीका अनुसार अनुसार बैशाख ३० गते जिल्लामा १२ सय ९७ जनाको परीक्षण गर्दा ४सय ९४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बैशाख ३१ गते ५सय १४, जेठ १ गते ४सय ८६, जेठ २ गते ३सय ९४, जेठ ३ गते ३सय ७७ र जेठ ४ गते ३सय ६१ र हिजो ३सय९ जनामा कोरोना संक्रमण देखिएको वताए ।

सम्बन्धित शिर्षक :