लुम्बिनी प्रादेशिक अस्पतालले बनायो कोविड प्रबन्ध प्रोटोकल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले कोविड प्रबन्ध प्रोटोकल बनाएको छ।वर्तमान स्थितिमा उपयोगी दिशानिर्देश हुने भएकोले कोविड प्रबन्ध प्रोटोकल बनाएको जारी गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको कोविड प्रबन्ध प्रोटोकलमा बिरामीको अबस्था उपचार खाने औषधी र अपनाउनु पर्ने तरिका लाई समेटेर प्रोटोकल बनाईएको छ ।
डा हरी प्रसाद पन्थी ले उक्त कोरोना गाईडलाईन बनाएका थिए भने लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्शन डा नन्दु पाठकले प्रमाणित गरेका छन ।

उक्त गाईडलाईनमा कोरोना भएका बिरामीले खाने औषधी दिईने ईन्जेक्सन लगाएका अपनाउनु पर्नै बिधि समेटेर बनाएको छ ।अस्पतालका कोरोना फोकल पर्शन डा नन्दु पाठकले भने अब यो कोविड प्रबन्ध प्रोटोकल अनुसार कोरोना का बिरामीको उपचार हुने बताए ।

लुम्बिनी प्रदेशमा पहिलो कोविड प्रबन्ध प्रोटोकल बनाएर लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले लागु गरेको छ ।

यस्तो छ लुम्बिनी प्रादेशिक अस्पतालले कोविड प्रबन्ध प्रोटोकल

 

सम्बन्धित शिर्षक :