नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप पठाउँदै बेलायत

काठमाडौँ/ नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ लहर तिब्र रुपमा फैलिरहँदा बेलायतले २० लाख डोज अस्ट्राजेनेका खोप पठाउने भएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको प्रतिक्रिया दिएको एक सातापछि बेलायतले विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप कोभिसिल्ड नेपाललाई उपलब्ध गराउन लागेको हो ।

बेलायतले नेपाललाई अहिले खोप आवश्यक रहेको भन्दै यस्तो सहयोग गर्न लागेको हो । भारतको खोप उत्पादक कम्पनी सिरमबाट खोप आउन ढिलाइ भइरहँदा बेलायत सरकारबाट यस्तो सहयोग आउन लागेको हो ।

सिरम कम्पनीले कोभिसिल्ड पठाउन नसक्दा पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन पाएका छैनन् ।

बेलायतो सहयोगका लागि बेलायतमा रहेका गोर्खाज् र काठमाडौँस्थित बेलायती राजदूत निकोल पोलिटको पहल महत्वपूर्ण मानिएको छ । पोलिटले दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी खोप उपलब्ध गराउने बारे छलफल गरेकी थिइन् । सोही विषयमा बेलायती संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा बिहीबार बहस समेत भएको थियो ।

यसअघि नेपालले डब्लूएचओको कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा केही अंश बेलायतको सहयोग थियो ।अन्र्नपुर्ण पोष्टबाट

सम्बन्धित शिर्षक :