कोरोना खोपको गति तिब्र: रुपन्देहीमा पूर्ण खोप पाउने ८५ प्रतिशत

स्वास्थ्यसमाचार / कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको रुपन्देहीमा खोपको गति तिब्रताका साथ खोप अभियान संञ्चालन गरिएको भएको छ। जिल्लामा १८ बर्ष माथिका कुल जनसंख्या७लाख १४ हजार मध्ये ६लाख ३२ हजारले पहिलो मात्रा र ४ लाख ९१ हजारले दोश्रोमात्र खोप लगाएका छन।

हालसम्म रुपन्देहीमा ८५ प्रतिशतले कोरोनाको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ। स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पुस मसान्त सम्म रुपन्देही जिल्लामा ८६ प्रतिशतले पुर्णमात्रमा खोप लगाउने वताउनु भयो । उहाले अहिले पनि रुपन्देहीका ६ पालिकामा खोप संञ्चालन भैरहेको र बाकी पालिकामा भोलीबाट सुरु हुने वताउनु भयो ।

शर्माले भन्नुभयो सरकारले पुस मसान्तसम्म ६० प्रतिशतलाई खोप लगाउने लक्ष्यराखेको थियो हामी ८६ प्रतिशत हुने छ । अधिकृत शर्माको अनुसार अब बाकी १४ प्रतिशतलाई प्रतेक पालिकामा हप्तामा २ दिन खोप अभियान संञ्चालन गर्ने बैदेशिक रोजगारीमा जानेलाईपनि खोप लगाउने ब्यबस्था मिलाएको बताउनु भयो ।

माघ १५ सम्म रुपन्देहीमा १८ बर्ष माथिका सबैलेपुर्ण मात्रा खोप लगाईसक्ने लक्ष्य अनुसार तिब्र रुपमा खोप अभियान संञ्चालन भैरहेको वताउदै उहाले रुपन्देहीमा बसाईसराई गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारीलगायतका विभिन्न अवसरका लागि अस्थायी रुपमा बस्ने बासिन्दाको कारण लक्षितभन्दा बढीले खोप लगाएको अधिकृत शर्माले बताउनु भयो ।

त्यस्तै रुपन्देहीमा १२ बर्ष देखी १७ बर्ष सम्मका बालवालिका १लाख २२ हजार रहेको र अहिले सम्म २१सय ४४ वालवालिकालाई फाईजर र २१ हजार वालवालिकालाई मोडना खोप लगाईसकेको छ। जिल्लाका ३ पालिकामा तिलोत्तमा सैनामैना र सियारीका केहि बिद्यालयकामा २१ हजार बिद्यार्थीरुलाई मोडना खोप लगाईए र २४सय फाईजर खोपमध्ये ३५६ दिर्घ रोगी र वाकी २१सय ४४बिद्याथीहरुलाई लगाईएको शर्माले वताउनु भयो ।

अब वाकी १ लाख बालबालिकालाई माघ १५ गतेसम्म पहिलोमात्र खोप लगाउने तयारी जिल्लाले गरेको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत शर्माले वताउनु भयो।अहिले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमा फैलिएको र यो विगतका भेरियन्टभन्दा बढी संक्रामक भएकोले खोप लगाएका भन्दा नलगाएका व्यक्तिलाई बढी प्रभावित बनाउने भएकोले खोपलाई विशेष महत्व का साथ खोप अभियान संञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरव ढकालले वताउनु भयो ।

उहाले भने नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न जनस्वास्थ्यका मापदण्ड अपनाउन, घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, भीडभाड नगर्न सम्पूर्ण मा आग्रह समेत गर्नु भएको छ। अहिले सम्म रुपन्देहीमा कोभिशिल्ड/एक्सट्राजेनिक/ भेरोसिल /फाईजर /मोडना लगायतका खोप लगाईको स्वास्थ्य कार्यलयले रुपन्देहीले जनाएको छ ।

सम्बन्धित शिर्षक :