प्रदेश र स्थानीय तहतका करार कर्मचारीका विषयमा स्वास्थ्य मन्त्रालयको ४ बुँदे निर्णय

स्वास्थ्य समाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यक्षेत्रमा करारमा कार्यरत कर्मचारीको म्यादथप तथा नयाँ नियुक्तिबारे मन्त्रीस्तरबाट निर्णय गरेको छ । सोमबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यदवले मन्त्रीस्तरबाट चारबुँदे निर्णय गरेसँगै मन्त्रालयले मंगलबार निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पत्राचार गरिदिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र खेलेको छ । प्रदेश र स्थानीय सरकारमातहतका कार्यालय तथा स्वास्थ्यसंस्थाहरूमा करारमा कर्मचारी नियुक्ति तथा म्यादथपका लागि मन्त्रालयले गरेको ४ बुँदे निर्णयमा नियुक्ति तथा म्यादथपका सर्तहरूसमेत निर्धारण गरेको छ । निर्णयमा करारमा नियुक्ति वा म्यादथप गर्न पाउने वा नपाउने…

बुद्धभुमि नगरपालिका कपिलबस्तुका २ वडा शुन्य होम डेलिभरी घोषणा

स्वास्थ्यसमाचार/ कपिलवस्तुको बुद्धभूमि नगरपालिका शुन्य होम डेलिभरी घरमा शुन्य प्रसुती वडा घोषणा गर्ने कपिलवस्तुको पहिलो स्थानीय तह बनेको छ । नगरका दुई वडालाई शुन्य होम डेलिभरी घोषणा गर्दै बुद्धभूमि जिल्लाकै पहिलो स्थानीय तह बनेको हो । घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्नका लागि देशव्यापी यो अभियान सञ्चालन भैरहेको छ ।बुद्धभूमि शुन्य होम डेलिभरी गराउने स्थानीय तह बनेपछि प्रदेश नं ५ मा कपिलवस्तु नै तेस्रो जिल्ला बन्न पुगेको छ । यसभन्दा अघि प्रदेश ५ का अर्घाखाँची र पाल्पामा केही स्थानीय तहले शुन्य होम डेलिभरी घोषणा गरेका थिए । सोमबार नगरपालिकाका दुई छुट्टा…

तिलोत्तमामा गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ ।नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण गरेका छन । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २सय ४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा ईञ्चार्ज काशिनाथ बञ्जाडेले वताए । आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ । सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौलो हजार दिनका महिला तथा…

पाल्पामा फैलिएको झाडापखाला नियन्त्रणमा

स्वास्थ्यसमाचार/पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा महामारीको रुपमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको छ । गाउँपालिकाको वडा नं १ सिद्धेश्वरका अर्चले र मराङ्ग गाउँमा महामारीको रुपमा बुधवार एक्कासी झाडापखाला फैलिएपछि यहाँका ४८ जना स्थानीय बिरामी परेका थिए ।झाडापखालाको महामारी बढ्न थालेपछि शुक्रवार साँझदेखि क्याम्पबाट नै उपचार गरिएको छ । बिरामी परेकामध्ये दुई जनाको अहिले मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने अन्यको वेद वेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा क्याम्प खडा गरेर उपचार सेवा दिइएको सिद्धेश्वर स्वास्थ्य चौकीका प्रमुख गिता दर्लामीले वताए।। प्रभावित क्षेत्रमा डाक्टर गगन अधिकारी सहितको छ जना स्वास्थ्यकर्मीको टोली…

मन्त्रीकै आगनमा स्वास्थ्य संस्थाको बिजोग, २१ वर्ष देखी एउटाकोठा वाट उपचार

स्वास्थ्यसमाचार/गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित हराचौर रहेको स्वास्थ्य चौकीमा २०५६ सालदेखिे १ कोठावाट १७ सय ३ जनालाई सेवा प्रदान गर्दै आएको छ । २०७२ सालको भुकम्पले केही क्षति पुर्याएको र भवन चुहिने भए पछि २ वर्ष अघि मात्र अर्को घरमा स्थानान्तरण गरियो तर अवस्था भने उस्तै नै रहेको छ। नाडेक गुल्मीले समाजीक परिक्षणमा यस्तो अबस्था होे । सरकारले शिक्षा र स्वास्थ्यमा जति सुकै लगानी गरेर आदर्शको नारा दिए पनि चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ३ को हकमा हेर्ने हो भने सरकारले लिएको नीति तथा नारा नारामै सिमित रहेको छ…

बाढी पीडितको उद्दार र उपचार लाग्न चिकित्सक संघको अपील

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघले बाढी, पहिरो र डुवानका कारण उत्पन्न आपतकालिन अवस्थामा स्वास्थ्य उपचारका लागि खटिन सम्पूर्ण चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु तथा आफ्ना सम्पूूर्ण शाखादलाई आग्रह गरेको छ । संघले शनिबार विज्ञाप्तिमार्फत् आफ्ना सदस्यहरुलाई घटनास्थलमा खटिएर पहिरो तथा बर्षाबाट उत्पन्न हुन सक्ने सरुवाजन्य रोगहरुको नियन्त्रण तथा पिडित समुदायलाई आईपर्न सक्ने कुनै पनि स्वास्थ्य समस्याको समाधानका लागि सक्रियता साथ जुट्न समेत अपील गरेको छ । संघले स्थानीय रुपमा दैविप्रकोप समितिसँग समन्वयका लागि समेत आग्रह गरेको छ । संघले सरकारसँग समेत बेपत्ता भएका नागरिकहरुको उद्धार कार्य अविलम्ब गर्न तथा नदि किनार नजिकका बासिन्दाहरुलाई सुरक्षित ठाउँतर्फ…

लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिला पक्राउ

स्वास्थ्यसमार/पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिला पक्राउ परेकी छन्। शुक्रबार मध्याह्न जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट गल्याङ ५ की विमला पाण्डेयलाई शनिबार पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरणको सरकारी आवासमा शिशुसहित पाण्डेय पक्राउ परेकी हुन्। उनका दुई छोरा र दुई छोरी रहेका छन्। उनका श्रीमान्‌को भने मृत्यु भइसकेको बताइएको छ।तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घन्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। सुत्केरी जमुनाको रेखदेख गर्न साथमा…

पाल्पामा नवजात शिशु अस्पतालबाटै गायब

स्वास्थ्यसमाचार/पाल्पामा नवजात शिशु अस्पतालबाटै गायब भएको छ । लुम्बिनी मेडिकल कलेजमा शुक्रबार जन्मिएको शिशु गायब भएको हो । तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले वताए । शुक्रबार जमुनाले बिहान ११ बजे जन्माएको छोरा दिउँसो करीव तीन बजेतिर हराएको हो । अर्धचेत अवस्थामा रहेकी जमुनालाई उनकी आमाले झोलिलो खानेकुरा लिन क्याण्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन् । उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने वहानामा सँगै गएको बताइएको छ । शिशु आफुले ल्याइदिने बाहना गरी ज्वानोको…

पाल्पामा झाडा पखालाबाट ५० बिरामी ४को अबस्था गम्भिर

स्वास्थ्यसमाचार पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० भन्दा वढी मानिस झाडापखला लागेर विरामी परेका छन्। विरामी मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल पाल्पाका प्रमुख डाक्टर पुष्प ज्ञवालीले बताए। उनका अनुसार बिहिबार दिउँसो ४ जनालाई सामान्य झाडापखला लागेको थियो। शुक्रबार बिहानदेखि सिंगो गाउँकालाइनै झाडापखलाले ग्रस्त पारेको डाक्टर ज्ञवालीले बताए। अहिले जिल्ला अस्पताल पाल्पाका डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले विरामीको उपचार थालेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकार माधव प्रसाद ज्ञवालीले बताए। उनका अनुसार विरामीको अवस्थालाई ख्याल गरेर सलाइन चढाउनुका साथै जीवनजल खुवाउने काम भइरहेको…

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षौंसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएका छन: मेसु डा खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षोसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएको अस्पतालले जनाएको छ ।काम संगै लुम्बिनी प्रादेशिक अस्पतालको बिरामीले पालो कुर्नुपर्ने लगायतका समस्या अन्त्य भएको बताईएको छ । लुम्बिनी प्रादेशीक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड कृष्णप्रसाद खनाल भन्दछन म अस्पतालमा आएपछि सेवा बिस्तार बचत तथा बिरामीलाई लाईनमा लाग्ने जस्ता समस्या समाधान भएको बताए। । म लुम्बिनी प्रादेशीक अस्पतालमा आएपछि निम्न कामलाई प्राथामिकता दिएकार अघि बढाए। पहिलो काम मैले अस्पतालम बर्षिक ३७ लाख भन्दा बचत गराएको छु जुन रोटरी कल्ब अफ बुटबलको सहयोगमा अस्पतालमा अक्सिजन जडान भएको छ । त्यस्तै अस्पतालमा…