ओमसतिया गाउँपालिकाद्वारा उत्कृष्ट महिला स्वास्थ्य स्वयसेबिकालाई सम्मान

स्वास्थ्यसमाचार/ ओमसतिया गाउपालिका रुपन्देहीले आर्थिक बर्ष २०७४र७५ मा उत्कृष्ट सेवा गरे बापत महिला स्वास्थ्यस्वयंसेविकाहरुलाई सम्मान गरेको छ । रुपन्देहीमा आयोजित सम्मान कार्यक्रममा राम्रो काम गरे बापत विभिन्न सस्था अन्तर्गतका १० जना महिला स्वास्थ्य स्वम सेविका लाई सम्मान गरेको छ ।

नेपालको दुरदराजमा स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा पनि स्वमसेविकाले स्वास्थ्य स्थिति सुधारमा महत्वपूर्ण योगदान दिएका छन ।महिला स्वास्थ्य स्वयसेविका कार्यक्रम स्वास्थ्य मन्त्रालयले आ।व २०४५र४६ मा २८ वटा जिल्ला बाट सुरु गर्दै ७७ ओटै जिल्लामा लागू गरेको छ । कुनै सेवा सुबिधा बिना स्वयसेवक रुपमा अहोरात्र खटिने गरेका महिला स्वास्थ्य स्वमसेविका स्वास्थ्यको खम्बाको रुपमा विश्व सामु नै परिचीत छन। हाल नेपालमा करिव ५२,हजारस्वमसेविका रहेका छ्न।

ओमसतिया गाउपालिका अन्तर्गत रहेर सर्वोउत्कृष्ट सेवा पुर्याए बापत कलिमुन निशा नाउनी, सितादेबी चौधरी, अमेरिका चौधरी, रुनावती गुप्ता, लक्ष्मी सिंह, भगवती काफ्ले, पुनम चौधरी, धर्मदेवी लम्साल, माया कुमारी चौधरी र उषा हरिजनलाई सम्मान गरिएको छ। कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख मदन पोखरेलले महिला स्वास्थ्य स्वयसेविका स्वास्थ्य क्षेत्रको सुधारको लागि कर्णधार भएको बताएका छ्न । कार्यक्रममा अध्यक्ष हिरा केवट राहुल र प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यलेले स्वम सेविकाको सेवा सुबिधा बढाउने र आगामी दिनमा पनि उत्कृष्ट काम गर्नेलाई सम्मान गर्ने बताएका छ्न ।

सम्मान कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट राहुल, उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, प्रमुख प्रशासकिय अधिकृत टेकराज आचार्य राजिव, लेखा अधिकृत रमेश बस्याल, वडा अध्यक्षहरु बेल बहादुर बराल मगर, चन्नर प्रसाद , स्वास्थ्य संयोजक रामप्रसाद भट्टराई ,छोटकीरामनगर स्वास्थ्य चौकी प्रमुख मदन पोखरेल, पटखौली स्वास्थ्य चौकी प्रमुख दुर्गादेवी अर्याल, पडसरी स्वास्थ्य चौकी प्रमुख हंसराज दौल्याल, हाटीफर्साटिकर स्वास्थ्य चौकी प्रमुख नेत्रलाल न्योपाने, बसन्तपुर प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डा बिकास भट्टराई , ठुटिपिपल सामुदायिक स्वा ईकाई प्रमुख सुशील ढकाल लगायत सम्पुर्ण स्वास्थ्य सस्थाका कर्मचारी तथा महिला स्वास्थ्य स्वम सेविकाको उपस्थिति रहेको र कार्यक्रम रामप्रसाद भट्टराईको अध्यक्षता र सुशील ढकालको संचालन र हंसराज दौल्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको छ ।

सम्बन्धित शिर्षक :