अस्पताललाई पूर्वाधार र व्यवस्थापनमा राम्रो बनाउने तरिकाले काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

स्वास्थ्यसमाचार/ मुख्यमन्त्री शंकर पोखरेलल मन्त्रालयहरुले आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्वाधार र व्यवस्थापन राम्रो बनाउने गरी काम गर्न निर्देशन दिए।

‘राम्रो आन्तरिक श्रोत भएको अस्पताल अस्तव्यस्त छ, अस्पतालको अहिलेको अस्तव्यस्त अवस्था अन्त्य हुनुपर्छ—पोखरेलले भने ।तुलसीपुर र बुटवलमा विशेषज्ञ सेवा उपलब्ध गराउने र सामान्य चिकित्सा सेवाको लागि जिल्ला अस्पतालमै उपचार हुने व्यवस्था गर्ने गरी काम हुनुपर्ने वताए ।

उनले विपदको व्यवस्थापन गर्न केन्द्रको भर पर्ने प्रवृतिको अन्त्य गर्न निर्देशन दिए। ।‘विपदको व्यवस्थापन गर्ने क्षमता विकास गर्ने गरी अघि बढौं—उनले भने ।
सामाजिक मन्त्रालयले गर्ने कार्यक्रमको प्रतिफल यही वर्ष पाउने हुनुपर्ने बताए ।

अरु मन्त्रालयले गर्ने काको प्रतिफल पाउन समय लाग्छ, तर राम्रो गरी काम गर्न सक्दा सामाजिक विकास मन्त्रालयको प्रतिफल तत्काल पाउन सकिन्छ । विहिवार र शुक्रवार वार्षिक कार्यक्रम प्रस्तुतीकरण भएको थियो ।

 

सम्बन्धित शिर्षक :