बुद्धभुमि नगरपालिका कपिलबस्तुका २ वडा शुन्य होम डेलिभरी घोषणा

स्वास्थ्यसमाचार/ कपिलवस्तुको बुद्धभूमि नगरपालिका शुन्य होम डेलिभरी घरमा शुन्य प्रसुती वडा घोषणा गर्ने कपिलवस्तुको पहिलो स्थानीय तह बनेको छ ।

नगरका दुई वडालाई शुन्य होम डेलिभरी घोषणा गर्दै बुद्धभूमि जिल्लाकै पहिलो स्थानीय तह बनेको हो । घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्नका लागि देशव्यापी यो अभियान सञ्चालन भैरहेको छ ।बुद्धभूमि शुन्य होम डेलिभरी गराउने स्थानीय तह बनेपछि प्रदेश नं ५ मा कपिलवस्तु नै तेस्रो जिल्ला बन्न पुगेको छ । यसभन्दा अघि प्रदेश ५ का अर्घाखाँची र पाल्पामा केही स्थानीय तहले शुन्य होम डेलिभरी घोषणा गरेका थिए ।

सोमबार नगरपालिकाका दुई छुट्टा छुट्टै वडामा कार्यक्रम आयोजना गरी बुद्धभूमिनगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले शुन्य होम डेलिभरी वडा घोषणा गरे । वडा नं २ को गोरुसिंगेमा वडाध्यक्ष भेषराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडाभित्रका ९९ प्रतिशत महिला स्वास्थ्य संस्थामा गई सुत्केरी भएको तथ्याङ पेश गरिएको थियो । आव ०७५/०७६ मा कुल १ सय ५२ जना महिला सुत्केरी भएकोमा एक जनाले मात्र घरमा सुत्केरी भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

यता वडा नं ५ का वडाध्यक्ष बेचन प्रसाद यादवको अध्यक्षतामा साविक राजपुर गाविसलाई शुन्य होम डेलिभरी भएको घोषणा गरिएको थियो । आव ०७५/०७६ मा कुल १ सय २५ महिला सुत्केरी भएकोमा १ जनाले मात्र घरमा बच्चा जन्माएको प्रतिवेदन सार्वजिनक भएको थियो । नेपाल सरकारले तोकेको मापदण्ड पुरा भएपछि यी दुवै वडा शुन्य होम डेलिभरी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्वासेले वताए ।

आगामी बर्ष नगरपालिकाका थप तीन वडालाई पनि होम डेलिभरी बनाउने योजना रहेको बेल्वासेले वताए । नगरका वडा नं १, वडा नं ३ र वडा नं ९ मा पनि यो अभियान अन्तिम चरणमा पुगेको उनले बताए ।कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरलाई शुन्य होम डेलिभरी नगर घोषणा गर्ने अभियानमा रहेके वताए । नगरलाई मानव विकासको सुचाकङ्कमा सबैभन्दा अगाडि लैजाने योजना रहेको भन्दै यस अभियानमा सबैको साथ हुनु पर्नेमा उनको जोड थियो ।

सम्बन्धित शिर्षक :