गाउ-गाउमा स्वास्थ्य चेतना फैलाउन स्वास्थ्य स्वयमसेबिकाको भूमिका महत्वपूर्ण मन्त्री : बराल

स्वास्थ्यसमाचार /प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गाउगाउमा स्वास्थ्य चेतना फैलाउनका लागि महिला स्वास्थ्य स्वयमसेबिकाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

स्वास्थ्यकर्मीको पहुच नभएका गाउमा स्वास्थ्य चेतना फैलाउनका लागि मन्त्रालयले स्वयमसेबिकालालई परिचालन गर्ने योजना बनाएको बताए ।स्वयमसेबिकाका लागि बुटवलमा शुरु भएको एक महिने एडभान्स तालिमको उद्घाटन गर्दै मन्त्री बरालले स्वास्थ्यमा पछि परेका जिल्लाका स्वयमसेबिकलाई एडभान्स तालिम दिएर सुधार ल्याइने बताए ।

आमा र शिशुको मृत्युदर घटाउन, कुपोषण रोक्नका लागि स्वयमसेबिका नै सबैभन्दा प्रभावशाली जनशक्ति हने उनले बताए ।प्रदेशका १२ जिल्लामध्ये स्वास्थ्यमा सबैभन्दा कमजोर रहेका कपिलवस्तु र रोल्पाका स्वयमसेबिकाबाट तालिम दिन शुरु गरिएको उनले बताए ।

यो अभियानले एक वर्षमै ठूलो परिवर्तन ल्याउने र जनताले राहत महसुस गर्ने उनको विश्वास थियो ।सो अवसरमा स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुवन कुवंर, प्रशिक्षकहरु जमुना पन्थी, केशव भट्टराई लगायतले बोलेका थिए । सो अवसरमा मन्त्री बरालले तालिममा सहभागि १० जना स्वयमसेबिकालाई स्वास्थ्य उपकरण समेत प्रदान गरे । ९० दिने तालिमको पहिलो चरण असार २५ गतेबाट शुरु भएको हो ।

सम्बन्धित शिर्षक :