मन्त्रीकै आगनमा स्वास्थ्य संस्थाको बिजोग, २१ वर्ष देखी एउटाकोठा वाट उपचार

स्वास्थ्यसमाचार/गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित हराचौर रहेको स्वास्थ्य चौकीमा २०५६ सालदेखिे १ कोठावाट १७ सय ३ जनालाई सेवा प्रदान गर्दै आएको छ । २०७२ सालको भुकम्पले केही क्षति पुर्याएको र भवन चुहिने भए पछि २ वर्ष अघि मात्र अर्को घरमा स्थानान्तरण गरियो तर अवस्था भने उस्तै नै रहेको छ। नाडेक गुल्मीले समाजीक परिक्षणमा यस्तो अबस्था होे ।

सरकारले शिक्षा र स्वास्थ्यमा जति सुकै लगानी गरेर आदर्शको नारा दिए पनि चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ३ को हकमा हेर्ने हो भने सरकारले लिएको नीति तथा नारा नारामै सिमित रहेको छ ।अहिले पनि उक्त स्वास्थ्य चौकि एउटा कोठाको भरमा चलिरहेको छ । स्वास्थ्य चौकिमा ६ जना कर्मचारी छन् तर स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा दिन पनि कर्मचारीलाई निकै गाह्रो परेको छ ।

स्वास्थ्य चौकीमा गर्भवती महिलाहरु चेकजाँच को लागि आउछन् अनि मैले मेरो कुर्सी छोडेर बाहिर जानु पर्छ सोही बेला अरु कुनै बिरामी आए कि त बाहिर उपचार गराउनु पर्छ कि त कुराउनु पर्छ स्वास्थ्य चौकीका प्रमुख धिरोज मगरले भने ।दैनिक १०– १२ जना सेवाग्राही आउने गर्दछन तर कुनै बिरामीको गोपनियता राख्न तथा ईमर्जेन्सी सेवा दिन गाह्रो परेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले गुनासो पोखे ।

उक्त गाउपालिकामा वर्तमान् परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका चन्द्र भण्डारी, वर्तमान् सांसद मैना भण्डारी , प्रदेश सभाषद गिता थापा, कमल श्रेष्ठको निर्वाचन क्षेत्र समेत हो । उक्त वडाकै र स्वास्थ चौकीकै नजिक प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बलालको घर रहेको ठाउँ हो ।

यतिका वर्षसम्म पनि समस्या किन भन्ने प्रश्न गाउँपालिकाका अध्यक्ष दोण खत्रीलाई राख्दा उनले विगतका कुनै कुरालाई नकोट्याई अहिलेको बजेटमा उक्त स्वास्थ्य चौकीको लागि बजेट छुटाईएको र अर्को वर्ष तीन कोठे भवन निर्माण गर्ने उल्लेख गरे ।

तर यता स्थानियले भने गाउँपालिकाले झरना तथा पार्क निर्माणका लागि बजेट विनियोजन गर्ने तर स्वास्थ्य चौकीको लागि भने केही पहल नगरेको भन्दै वताए ।

सम्बन्धित शिर्षक :