पाल्पामा फैलिएको झाडापखाला नियन्त्रणमा

स्वास्थ्यसमाचार/पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा महामारीको रुपमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको छ ।

गाउँपालिकाको वडा नं १ सिद्धेश्वरका अर्चले र मराङ्ग गाउँमा महामारीको रुपमा बुधवार एक्कासी झाडापखाला फैलिएपछि यहाँका ४८ जना स्थानीय बिरामी परेका थिए ।झाडापखालाको महामारी बढ्न थालेपछि शुक्रवार साँझदेखि क्याम्पबाट नै उपचार गरिएको छ ।

बिरामी परेकामध्ये दुई जनाको अहिले मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने अन्यको वेद वेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा क्याम्प खडा गरेर उपचार सेवा दिइएको सिद्धेश्वर स्वास्थ्य चौकीका प्रमुख गिता दर्लामीले वताए।। प्रभावित क्षेत्रमा डाक्टर गगन अधिकारी सहितको छ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका महामारी रोगका फोकल पर्सन ईश्वरी न्यौपानेले वताए।  दुषित पानीको कारणले झाडापखाला लागेको हुन सक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।

 

सम्बन्धित शिर्षक :