प्रदेश ५ का सामाजिक विकास मन्त्री स्वास्थ्यकर्मी र औषधी सहितको टोली लिएर पहिरो प्रभावित क्षेत्र गुल्मीमा

स्वास्थ्यसमाचार/प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल औषधी तथा स्वास्थ्यकर्मी र बन्दोबस्तीको सामान सहितको टोली लिएर पहिरो प्रभावित क्षेत्र गुल्मी गएका छन ।


मन्त्री बराल सहित स्वास्थ्यकर्मी, रेडक्रस टोली,तथा गैरसरकारी संस्था सहितको टोली लिएर आवश्यक औषधी , बन्दोवस्तीका सामान लत्ताकपडा लगाएतका सामग्री लिएर घटनास्थल तर्फ गएको मन्त्रीका निजी सचिवालयले जनाएको छ । गए राति देखि परेको अविरल बर्षासंगै आएको पहिरोका कारण गुल्मीको सत्यवती गाँउपालिका वडा नं. ३ ठूलो लुम्पेक र वडा नं. ४ लिम्घामा १० जनाको मृत्यु र २ जना अझै बेपत्ता भएका छन । भने अन्य अधादर्जन भन्दा बढी घाईते भएको जिल्ला प्रशाशन कार्यलय गुल्मीले जनाएको छ ।

यसै बीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त घटनामा परी मृत्यु भएकाहरु प्रति समबेदना प्रकट गरेका छन । उनले एक विज्ञक्ति जारी गर्दै विपदमा वेपत्ता भएकाहरुको खोजी कार्यलाई तिव्रता दिनका, घाइतेको श्रिघ स्वास्थ्य लाभको कामन गर्दै उपचारमा कुनै कमि नहुने बातावरण मिलाउन सबैमा हार्दिक अपिल गरेका छन । साथै घटनास्थलमा मृतकका परिवारलाई राहत रकम समेत बाड्ने तयारी रहेको मन्त्रीका स्वकिय सचिव यदु ज्ञवालीले वताए । मन्त्री बरालले सबैको सहयोग तथा सहकार्यमा उपचार तथा राहत मा कुनै कमी हुन नदिने बताएका छन ।

सम्बन्धित शिर्षक :