स्वास्थ्यको समायोजन: एचए, स्टाफ नर्स, अहेब र अनमीको अझै २ महिना लाग्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातारको वर्षातका कारण कर्मचारी समायोजनको कार्यलाई केही समय पछाडि धकेलेको छ।

वर्षातका कारण आउनसक्ने महामारी र विपत्तीलाई मध्यनजर गर्दै मन्त्रालयले समायोजनको कामलाई केही समय ढिला गर्ने भएको जनाएको छ ।यो समयमा समायोजनका कारण कर्मचारी यताउता हुँदा स्वास्थ्य संस्थामा असर गर्ने भन्दै केही समय यी समूहको समायोजनलाई ढिला गर्न लागेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।

मन्त्रालयका अनुसार हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमीको संख्या धेरै भएकाले यी समूहको समायोजन ढिला हुने भएकाले छ। यी चार समूहको समायोजन दुई महिनाभित्र सक्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हेल्थ असिस्टेन्ट ४५ सय, स्टाफ नर्स २ हजार, अहेब ८ हजार र अनमी पनि ८ हजार भन्दा बढी रहेका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :