डा केसी र सरकाबीच १० बुँदे सहमति, तोडे १३ औं दिनमा बीसौं अनशन

स्वास्थ्यसमाचार/ विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएका डा। केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उहाँले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राख्नुभएको थियो ।सहमतिसँगै डा। केसीले १३ दिनदेखि जारी अनशनमा तोडेका छन् । उनले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा। केसीका तर्फबाट डा जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो…

शुद्धोधन गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर ८सय ३६को परिक्षण

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुध्दोधन गाउँपालिकाको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने निःशुल्क स्वास्थ्य शिबिर को दोश्रो दिन८सय ३६ जनाले परिक्षण गराएका छन। नेपाल सरकार गृह मन्त्रालय र शसस्त्र प्रहरी बल ( नेपाल एपिएफ अस्पतालको आयोजना , गृहमन्त्री बालकृष्ण खाडको सहजीकरण ,शुध्दोधन गाउँपालिका कार्यालयको समन्वय र मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सह आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रीनिङ कार्यक्रम शुरु गरिएको हो। उक्त निःशुल्क ३ दिने शिविरको दोस्रो दिनमा ८३६ जना बिरामीहरू ले सेवा लिएका छन्। भने ८३६ जनाको दर्ताको क्रममा एउटा दर्ता भएको फारममा तीन चारवटा सेवा जस्तै…

फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन रजिष्टारको चेताबनी

स्वास्थ्यसमाचार/  नेपाल फार्मेसी संघ लुम्बिनीको प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी परिषदका रजिष्टार सञ्जिव पाण्डेले फार्मेसी प्रमाणपत्र प्राप्त गरेका फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन र त्यस्तो पाईएमा कारवाही गर्ने चेतावनी दिनुभयो । अहिले पनि धेरै प्रमाणपत्र भाडामा लगाएको पाईएको बताउँदै उहाँले प्रमाण सहित उजुरी आए तुरुन्तै कारवाही गर्ने चेतावनी दिनुभयो । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश समितिको पहिलो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै रजिष्टार पाण्डेले प्रमाणपत्र भाडामा लगाउनु पनि एक प्रकारको अपराध भएको बताउनु भयो । रजिष्टार पाण्डेले हालसम्म ३० जनाको प्रमाणपत्र खारेज गरिसकिएको बताउँदै कतिपयलाई आजिवन दर्ता हुन अयोग्य हुनेगरी…

लुम्बिनी प्रदेशमा डेंगुबाट ३ जनाको मृत्यु, २७सयमा संक्रमण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २ हजार ७सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयको आयोजना, फेयरमेट फाउन्डेसन र ईन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा डेंगु रोगको प्रकोपको प्रदेशको अवस्था नियन्त्रण र रोकथामका उपायका सम्बन्धमा पत्रकारलाई जानकारी दिने उदेस्यले गरिएको कार्यक्रममा उक्त कुरा बताईको हो। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार लुम्बिनी प्रदेशका दाङमा १ हजार १ सय ८० सबैभन्दा बढि, रुपन्देहीमा ७ सय, गुल्मीमा २ सय ९८, अर्घाखाँचीमा १ सय…

बुटवल उपमहानगरद्वारा बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना

स्वास्थ्यसमाचार/  बुटवल उपमहानगरपालिकाले चाडवाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडवाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट परिचालन गरेको छ । ‘हामीले बसपार्कमा आउने यात्रुको स्वास्थ्य परीक्षण, यात्रुलाई परेका समस्या समाधान र बसपार्कभित्रको सरसफाइ गर्ने कामको शुरुवात…

लुम्बिनी प्रदेश स्वास्थ्य सचिब डा देबकोटालाई प्रदेश सेवा समर्पण पदक

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालयका सचिब डा विकास देबकोटा प्रदेश सेवा समर्पण पदकबाट सम्मानित हुने भएका छन। लुम्बिनी प्रदेश सरकारद्वारा २०७९ असोज ३ गते संविधान दिवसका दिन डा देबकोटा लगायतका लाई प्रदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ। त्यस्तै स्वास्थ्यमा मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय डा. मोहिउद्दिन किदवाई प्रदान गर्ने भएको छ उनले लामो समयसम्म स्वास्थ्य क्षेत्रमाकार्यरत रही पश्चिम नेपालमै अधिकजनताको शल्यक्रिया गरी जनस्वास्थ्यको उल्लेख्य योगदान पु¥याएको वताएको छ उनी बाँकेका हुन। त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय डा. राजन पाण्डेलाई सम्मान गर्ने भएको छ उनले तराइका थारु समुदायमा समस्याकोरुपमा रहेको सिकलसेल एनेमिया…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाललाई प्रवल जनसेवाश्री

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकाल प्रवल जनसेवा विभूषणवाट विभूषित हुने भएका छन। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा ईन्द्र ढकाल सहित स्वास्थ्य क्षेत्रका विभिन्न ६४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्धारा सम्मान गर्ने घोषणा गरेकी छन्। सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्।  लुम्बिनी प्रादेशीक अस्पतालमा का मेसु डा ढकाललाई सरकारले लगनशीलता, इमान्दारीता, सृजनशीलता, एवं नागरीकमैत्री व्यवहारको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सरकारले विभूषण प्रदान गरेको छ। ढकाल लुम्बिनी प्रादेशिक अस्पतालमा आएपछि धेरै नयाँ काम…

किन बन्न सकेन ६३ बर्ष पुरानो परिवार नियोजन कार्यक्रम प्रभाबकारी ?

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/ नेपालमा परिवार योजना (नियोजन) कार्यक्रम लागु भएको ६३ बर्ष भएपनि सबै समुदायका ब्यक्ति यो सेवाबाट लाभान्वित हुन सकेका छैनन्। यो सेवाको समता मुलक पहुँचका लागि थप लगानी एवम् प्रयासको आवश्यकता रहेको बताईएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नबौ राष्ट्रिय परिवार नियोजन दिवसका अबसरमा आयोजीत अन्तकृर्या कार्यक्रमा उक्त कुरा बताईएको हो। सरकारले व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार भन्ने नाराका अघि सारेर दिबस मनाएको छ। व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेको…

बुटवलमा अत्याधुनिक प्रविधि सहितको ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर’ सञ्चालन

स्वास्थ्यसमाचार/ बुटवलमा अत्याधुनिक प्रविधि सहितको सिद्धार्थ डायग्नोष्टिक सेन्टर बुटवल प्रा.लि सञ्चालनमा आएको छ । बुटवलको अस्पताल लाइन भुड्की चोकदेखि पूर्व श्रवणपथमा शनिबार सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रा.लिको औपचारिक व्यवसायीक शुभारम्भ गरिएको हो । विश्वकर्मा पुजाको अबसरमा बुटवलका सामाजिक तथा शैक्षिक व्यक्तित्व बसन्तराज खनालले एक समारोहका बिच डायग्नोष्टिक सेन्टरको उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै उहाँले बुटवलका अन्य ल्याबमा भन्दा सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । बिरामीहरुको मन जितेर यसलाई ल्याबको पनि ल्याब बनाउनुपर्ने उहाँले भनाई थियो । यहाँको सेवाले बिरामीको रोग निदानका लागी महत्वपूर्ण सहयोग पु¥याउन सकेमात्रै यसप्रती…

साझा स्वास्थ्य सेवाको महाप्रबन्धकमा चुडामणी भण्डारी नियुक्त

स्वास्थ्यसमाचार/  साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको रिक्त महाप्रबन्धकमा चुडामणी भण्डारी लाई नियुक्ति गरिएको छ । साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड संचालक समितिको को ६७४ औँ बैठकको निर्णयानुसार महाप्रबन्धकमा चुडामणी भण्डारी लाई नियुक्त गरिएको हो। साझा स्वास्थ्य सेवा सहकारी संस्थामासाझा स्वास्थ्य सेवा सहकारी संस्थाले गोर्खापत्रमा सुचना प्रकाशन गरेको थियो। उक्त पदको लागी ४ जनाको आबेदन परेको थियो ।४ जनाबाट दोश्रो चरणमा चुडामणी भण्डारी र सुभासचन्द्र ढुंगेलको आबेदन परेको थियो ।  चुडामणी भण्डारी र सुभासचन्द्र ढुंगेलको आबेदन परेको थियो । साझा स्वास्थ्य सेवा सहकारी संस्था संचालक समिति समक्ष गरेको व्यावसायिक…