अर्थमन्त्री पौडेलले संसद् विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्चिने

स्वास्थ्यसमाचार/रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेल यो वर्ष संसद विकास कोषका बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् ।कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यक देखिएपछि पौडेलले संसद विकास कोषको चार करोड रकम पौडेलले स्वास्थ्य क्षेत्रमा लगाएका हुन् । विनियोजन गरिएको बजेट अनुसार रूपन्देहीको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम, तिलोत्तमा नगरपालिका वडा नं. २ लाई १ करोड, पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम, सैनामैना नगरपालिका वडा नम्बर एकलाई पनि १ करोड छुट्याइएको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा…

तिलोत्तमा १५ शैंयाको सरकारी अस्पताल बन्ने अर्थमन्त्रीद्धारा शिलन्यास

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टामा निर्माण हुने १५ शैंयाको सरकारी अस्पतालको आज शिलन्यास गरिएको छ ।हरेक पालिकामा कम्तिमा एउटा १५ शैंयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार बन्न थालेको आनन्दवन अस्पतालको अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरे। २०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्ती गरी अस्पताल बनाउन थालिएको हो । अस्पताल पूर्णनिर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भु प्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए । २०४० सालमो दश…

तिलोत्तमाका मेयर वासुदेव घिमिरे सहित ११ जनालेगरे प्लाज्मा दान

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएका जनप्रतिनिधि, कर्मचारीले मंगलबार प्लाजमा संकलनको लागि रक्तदान गरेका छन । कोभिड–१९ बाट संक्रमित भई निको भएकाहरुले अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गरेका हुन ।विश्वमा कोरोना भाइरस संक्रमणको निदानको लागि हालसम्म प्रभावकारी औषधि तथा खोप उपलब्ध नभइरहँदा संक्रमितको उपचारमा प्लाजमा थेरापीको प्रयोग हुँदै आएको छ । प्लाजमा दान गर्न नगरबासीलाई प्रेरणा मिलोस् भनेर रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले वताए ।त्यसक्रममा नगर प्रमुख बासुदेव घिमिरे, वडाध्यक्ष तामानाथ पाण्डेय, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलसहित…

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना स्वाव संकलन बुथ हस्तान्तण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना स्वाव संकलनगर्नका लागी सहज होस भनेर बुथ निमार्ण गरिएको छ । युथ फोर नेशन र लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको सहकार्यमा बुथ निमार्ण गरिएको हो । आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्राई र मेसु डा राजेन्द्र प्रसाद खनाल लाई हस्तान्तण गरिएको छ ।हस्तान्तण कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्राईले यो युथ फोर नेशनले बनाएको बुथबाट कोरोना संक्रमितिको स्वाव संकलन गर्न सहजहुने बताए । उनले सामाजीक कार्यको लागी अस्पताल संग सहकार्य गरेकोमा खुसी ब्यक्त गर्दे सधै सहकार्यको लागी अस्पताल खुल्ला…

तिलोत्तमा नगरपालिकामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ सुरु

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ । नगरपालिकाले गत वर्षबाट सुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्षमा निरन्तरता दिएको हो । परिमार्जित कार्यक्रमअनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था मिलाइएको छ । जसअनुसार गर्भवती महिलाले ४ महिनामा स्वास्थ्य जाँच गराउँदा सुपानेट झुलसहित सन्देशमुलक क्यालेण्डर, ६ महिनामा पोषण सेट, ८ महिनामा सरसफाई सेट र ९ महिनामा मसला सेट प्राप्त गर्नेछन् । यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलाले शिशु–स्याहार सेट…

स्वास्थ्य अनुसन्धान परिषद्ले भन्यो–रेम्डेसिभिर कोभिड उपचारका लागि ठिक

स्वास्थ्यसमाचार /देशभर कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा गम्भीर बिरामीको बढेको चाप छ । तर, संक्रमण फैलिएको लामो समय बितिसक्दा यसको उपचार पद्धति पत्ता लागको छैन भने जसका कारण विश्व नै चिन्तित बनेको अवस्था छ । यस्तो अवस्थामा कोभिड—१९ का गम्भीर बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा रेम्डेसिभिर औषधि र प्जाज्मा थेरापी विधिबाट उपचार गरिँदै आएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेम्डेसिभिर औषधि र प्लाज्मा थेरापीमार्फत उपचार गर्दा ४ दशमलव ८ प्रतिशतलाई मात्रै साइड इफेक्ट भएको पाइएको बताएको छ । कोभिड–१९ संक्रमितको उपचारका लागि रेम्डेसिभिरलाई…

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताउनुभयो । उहाँले सबै अस्पताललाई संक्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने वताए । कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश–२०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका…

जनस्वास्थ्य प्रोटोकल पालना गर्दै तिलोत्तमाका विद्यालय मंसिर ७ बाट खुल्ने

स्वास्थ्यसमाचार /जनस्वास्थ्य प्रोटोकल पालना गर्दै यहीँ मंसिर ७ गतेबाट तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु खुल्ने भएका छन् ।कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरु विद्यार्थीलाई भौतिक रुपमैं कक्षाकोठामा शिक्षणसिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् । संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाअनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुचारु गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले वताए । उनले नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् । तोकिएको…

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यसमाचार /कोरोना भाइरसको संक्रमण देखिएका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन्। लामो समयदेखि विभिन्न रोगसँग जुध्दै आएका केसीमा केही एक हप्ताअघि कोरोना संक्रमण देखिएको थियो। निमोनिया समेत देखिएका केसीको मेडिसिटी अस्पतालमा उपचार भएको थियो। मंगलबार भने केसी संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन्।केसी डिस्चार्ज भएपनि उनलाई पूर्ण रुपमा रिकभर हुन अझै केही समय लाग्ने बताइएको छ। केसीको उपचार खर्चका लागि पार्टीले सार्वजनिक अपिल गरेपछि सरकारले उनको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो।

उत्कृष्ट कार्य सम्पादनमा जिल्ला स्वास्थ्य कार्यालय प्युठान प्रथम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका १२ वटा स्वास्थ्य कार्यालयहरु मध्य आर्थिक बर्ष २०७६/७७ मा उत्कृष्ट कार्य सम्पादन गरि प्युठान प्रथम भएको छ । त्यस्तै उत्कृष्ट कार्य सम्पादनमा गुल्मी दोश्रो, रुपन्देही तेश्रो र स्वास्थ्य कार्यालय नवलपरासी चौथो स्थानमा रहेका छन् । स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठीमा सो मुल्याकन गरिएको हो । लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्री शुदर्शन बरालले स्वास्थ्य प्युठानका स्वास्थ्य प्रमुख बिशाल सुबेदीलाई सम्मान पत्रले सम्मान गरे । कार्यक्रममा स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरी समाजीक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमा शंकर चौधरी १२ जिल्लाका जनस्वास्थ्य प्रमुख लगायतको…