ओझेलमा परेको आयुर्वेद र योगलाई कोरोनाले व्यूतायो :नगरप्रमुख सुवेदी

रीमा बिसी

स्वास्थ्यसमाचार /आयुवेर्दिक चिकित्सा पद्धति र योगलाई प्रवद्र्धन गर्दे अगाडी लैजान सके रोगसँग लडन सक्ने रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

लुम्बिनी आयुर्वेद चिकित्सालयले कार्तिक २१ बुटवलमा आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा यस्तो कुरा बताएका हुन । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आयुवेर्दिक चिकित्सा पद्धतिको प्रयोग पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउदै कोरोनाले रोगप्रतिरोधात्मक क्षमता बलियो भएकालाई केही गर्न नसक्ने र कमजोर भएकालाई असाध्यैठूलो समस्याको सामना गर्नुपरिरहेको वताए ।

प्रमुख सुवेदीले ओझेलमा परेको आयुर्वेद र योगको महत्वलाई कोरोनाको कहरले व्यूताएको बताउदै । यस्तो अवस्थामा आयुर्वेद औषधीले मानव जीवनलाई रोगबाट बचाइ पुर्नरजीवन दिनका लागि सहयोग गरेको वताए ।उनले कोरोनाको कहर कहिलेसम्म कस्तो अवस्थामा रहिरहन्छ भन्ने विषयमा केही तथ्य नभएकोले यसलाई प्रदेश सरकारको समन्वयमा बुटवलको अस्थायी कोरोना विशेष अस्पतालमा ३६ वटा आईसीयु थप्ने गरि काम गरिरहेको वताएका छन।

कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या प्रसाद थारुले कोरोना संक्रमणको जोखिम कम गर्नका लागि आयुर्वेद चिकित्सा पद्धति असाध्यै उत्तम भएको वताए ।उनले कोरोना संक्रमितलाई पनि आयुर्वेदिक औषधीले छिटो भन्दा छिटो कोरोना विरुद्ध लड्न सक्ने क्षमता बढाउने भन्दै यसको प्रभावकारिताको विषयमा प्रदेश सरकारले अझ सक्रिय भएर लाग्नुपर्ने वताए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद कुमार गिरीले आयुर्वेद चिकित्सा पद्धतिलाई प्रवद्र्धन गर्दे यसको प्रभावकारिताका विषयमा समुदायलाई सचेतिकरण गर्दे नयाँ नयाँ खोज र अनुसन्धानमा जोड दिनुपर्ने वताए ।कार्यक्रममा लुम्बिनी औषधालयका प्रमुख डा.नलिन नाथ तिवारीले आयुर्वेदिक चिकित्साप्रति नागरिकको विश्वास बढेको बताउदै आफुहरुले कोरोनाको महामारीको समयमा पनि ओपिडी सेवालाई एकदिन बन्द नगरी सेवा प्रवाह गरेको वताए ।उनले विगतका दिनमा आयुवेर्दिक प्रति मान्छेको त्यत्ति चासो र विस्वास कम थियो ।

अहिले अवस्था फेरिएको छ । आयुवेर्दिक चिकित्साप्रति विस्वास बढेको छ । यसलाई अझ सेवाग्राहीमैत्री बनाउने विषयमा हामीहरु लागि परेको छौ डा तिबारीले भने ।आर्थिक वर्ष ०७५÷०७६ मा स्थानीय तहका ६ ओटा औषधालय र लुम्बिनी आयुर्वेदिक औषधालयमा गरी जम्मा ३४ हजारले ओपिडी सेवा लिएकोमा ०७६÷०७७ मा ओपिडी सेवा लिनेको संख्या घटेर ३० हजार रहेको प्रमुख तिवारीले वताए ।

कार्यक्रममा लुम्बिनी औषधालयका बैद्य तथा योग प्रशिक्षक विष्णुहरि आचार्यले कोरोनाको समयमा पनि क्वारेन्टाइनमा बसेका ७ सय ९३ जनालाई सेवा प्रवाह गरेको र कोरोना संक्रमित भएर आइसोलेसनमा बसेका ३ सय ४५ जनालाई विभिन्न किसिमका योग तथा मोटिबेसनल, सकारात्मक सोंच र आत्माबल बढाउने खालका कक्षाहरु समेत संचालन गरेको वताए ।

सम्बन्धित शिर्षक :