बुटबल उपमहानगरलाई दुईलाख थान सर्जिकल माक्स

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सञ्चालन गरिरहेको महामारीविरुद्धको अभियानमा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको छ । अस्पताल निर्माण, आइसोलेशन सेन्टर निर्माणदेखि स्वास्थ्य सुरक्षाका विभिन्न सामग्रीहरु सहयोग गर्दै महामारीविरुद्धको अभियानमा सहकार्य जारी छ ।

बुटवलमा कोरोना विशेष अस्पताल र मुलुकमै नमुना आइसोलेशन सेन्टर निर्माणदेखि महामारीविरुद्धका विभिन्न काममा निजी क्षेत्र एवं सामाजिक संघ(संस्थाले सहकार्य गरेका छन् । यसै क्रममा महामारीविरुद्धको बुटवल उपमहानगरपालिकाको अभियानमा चाईनिज मोनास्ट्रीरकिंग वल्ड हेल्थ केयर र ज्याङ्कजी हेइङ फार्मासेटिकल कम्पन्नी प्रा.लि. लिमिटेडको सहयोगमा आएको सर्जिकल मास्कलाई ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले बुटबल उपमहानगर पालिकाका लागि हस्तान्तरण गरेको हो ।

ती दुईवटा चिनीया अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा आएको दुईलाख थान मेडिकल स्तरको गुणस्तरीय सर्जिकल माक्स बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरिएको छ ।सहयोगी संस्थाको तर्फबाट ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका सदस्य इञ्जिनियर बिजेन्द्र सोमरेले एक समारोहकाबीच दुई लाख थान सर्जिकल माक्स बुटवलका लागि हस्तान्तरण गरिएको थियो ।

त्यसक्रममा नगरप्रमुख सुवेदीले महामारी नियन्त्रणमा खटिनेहरुका लागि हौसला बढाउने गरी निजी क्षेत्र, सामाजिक संघ–संस्था र दातृ निकायबाट सहयोग र सहकार्य भएको भन्दै प्रशंसा गरे ।उनले फ्रन्टलाइनमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले जारी राखेको अभिभावकीय काममा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको स्मरण गरे ।

प्रमुख सुवेदीले बुटबल उपमहानगरपालिका र चीन सरकारसंगको भगिनी सम्बन्ध स्थापनाले आपसी सहयोग र सहकार्यले अझ उच्च प्राथमिकता पाएको भन्दै आगामी दिनमा पनि निरन्तरता जरुरी रहेको बताए ।सो अवसरमा बुटबल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्मा, उपमहानगरका वरिष्ठ अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपाल र चीनका बीचमा मैत्रीपूर्ण सम्बन्ध कायम गराउन र आपसी सहयोग आदानप्रदानमा चिनमै बसेर लामो समयदेखि भूमिका खेल्दै आएका ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष डा. राजिव झाले आपसी सहयोगका कार्यक्रम जारी रहने बताए ।
बुटवल उपमहानगरपालिका र चीको सियान सिटीका बीचमा गत वर्ष सिस्टर रिलेसनशिप (भगिनी सम्बन्ध) कायम भएको थियो । चीनको उक्त शहर हालका राष्ट्रपति सीचिन पिङ तथा माओको जन्मस्थल समेत हो ।

सम्बन्धित शिर्षक :