कोरोना पोजेटिभ हुदापनि आइसोलेसन वाट योग गराउदै योगीराज

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्रालय बुटबल अन्र्तगत रहेको लुम्विनी आयुर्वेदिक औषाद्यालयका विष्णुहरि आचार्य (योगिराज) आफु कोरोना संक्रमित हुदा पनि आइसोलेसन वाट योग गराउदै कोरोना संक्रमितको उच्च मनोबल बढाएका छन।

कोरोना महामारीका कारण मुलुक लकडाउन भएपछि समाजमा डर त्रास बढेको अवस्थामा उनले संभावित संक्रमितहरु रहेका क्वारेन्टाइनहरुमा योग शिक्षा दिन सुरु गरेका थिए । स्वस्थ्यकर्मीहरु समेत जान आनाकानी गर्ने ठाउहरुमा पुग्ने र आफूले जानेको योगशिक्षा दिदै डर त्रासमा क्वारेन्टाइनमा दिन विताइरहेकाहरुको मनोवल उच्च राख्न उनको भुमिका उल्लेखनिय रहेको छ।

विष्णुहरि आचार्य (योगिराज)ले क्वारेन्टाइन हरुको अतिरिक्त कोरोना संक्रमितहरु राखिएकै आइसोलेसन केन्द्रमासमेत योग शिक्षा दिन थाले ।

जसका कारण संक्रमितलाई उत्साह बढाउने काम भयो । आत्मवल दह्रो बनाउने देखि योग शिक्षाले मानिसमा सकरात्मक सन्देश दिने गर्छ ।

संक्रमित हरु रहेको आइसोलेसन केन्द्रहरुमा संक्रमितहरु लाई दिन विताउन गाह्रो हुने अवस्थामा योगिराजको योग शिक्षाले उनी हरुको दैनिकि बदलिदियो ।

दैनिक योगिराजको योगले उनीहरुले कोरोना जित्न बल पुगेको महशुश भयो जसको फलस्वरुप उनी ती संक्रमितहरुको मनमा वस्न सफल भए ।

उनको चर्चा बढीरहेकै अवस्थामा कोरोनाबाट टाढा हुन योगिराज पनि सकेनन । कोरोना विरुद्धको लडाइमा अग्रपक्तिमा खटिरहेकै अवस्थामा उनी आफै कोरोना संक्रमित भए । कोरोना संक्रमित भएपछि उनले आफ्नै निवासमा होम आइसोलेसन वस्ने निधो गरेनन, जसको एउटा कारण थियो योगप्रतिको उनको लगाव ।

उनी जहा योग सिकाउदै आएका थिए त्यही जाने निधो गरे । बुटवल देवीनगर स्थीत एन्फा आइसोलेसन केन्द्रमा उनी गए । संक्रमित हुनुपूर्व त्यही केन्द्रमा सयौंसंक्रमितलाई योग शिक्षा दिएका उनी आफै संक्रमित भएपछि यहा रहेका संक्रमितहरुसग २४ घण्टा विताउन थाले । उनले आफूले प्रदान गर्दै आएको योग शिक्षामा कम गरेनन । झन बढीसमय दिएर दैनिकी विताए । कोरोना पोजेटिभ भएर आइसोलेसन बस्दा उनले मनोबललाइ बलियो र दह्रो बनाउने कला सिकाउने देखि खानपान आहार विहार सम्वन्धी शिक्षा दिने काम जारी राखे ।

आफूसंक्रमित हुनु अगाडी योग ध्यान द्वारा कम्पाउन्ड बाहिरबाट संक्रमितहरुलाई मनोपरामर्श दिदै आएका उनी संक्रमित भएपछि कम्पाउन्ड भित्रै रहेर उनिहरुको मनोबल बढाइरहे ।सरकारको निर्देसिका मापदण्डका आयुर्वेद औषधिका साथै स्थानिय ठाउमा पाइने रोग प्रतिरोधक जडिबुटी जसले एन्टिभाइरलको काम पनि गर्दछ्न त्यस्ता औसधि जन्य जडिबुटिको यथोचित प्रयोगको जानकारीका साथै योग प्रणायाम र ध्यान द्वारा उनिहरुको मनोबल वृद्धि गर्नुे उनको नियमित अभियान जारी छ ।

योग प्रणायाम र ध्यान द्वारा मनमा आएका बेखुसीका लहरहरुलाइ हटाउन सकिन्छ ।

उनी भन्छ्न कोरोनाले आम नागरिकको मन छिया छिया पारेको छ मनोबलका साथै आत्मबल कमजोर बनाएको छ ।

यस्तो अवस्थामा योगको माध्यमबाट मनोबललाइ बलियो र दह्रो बनाउन सकिन्छ, त्यस किसिमको कलासिकाउन लागि पर्दै आएको छु । नचाउछौ हसाउछौ आहर बिहार र बिहान देखि बेलुका सम्म फ्रेस हुने बाताबरण बनाउदै उनिहरुको मनोबल बृद्धी गर्दै रोग संघ लड्ने शक्ति वृद्धि गर्ने आट बढाइदिन्छौ ।

योग शिक्षाले मानिसको दैनिकीमा सकरात्मक प्रभाव पार्ने र शरिर स्वस्थ्य राख्न मद्दत मिल्ने उल्लेख गर्दै आचार्य भन्छन,–आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनमा बसेकाहरुलाई योग शिक्षाले तनाव मुक्त बनाउनेदेखि सहज रुपमा दिन विताउन मद्दत मिल्छ । आचार्यले योगलाई शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइने बताउछन ।

मानिसलार्ई निरोगी, स्वस्थ्य राख्न योगको महत्व बढी हुने बताउदै भन्छन,– अहिलेको महामारीमा जोसुकैले पनि योग अभ्यास गर्दा राम्रो हुने भएकाले आइसोलेसनमा योग अभ्यास प्रभावकारी भएकोे छ । योग प्रशिक्षकका क्रममा नाचगानसहित विभिन्न योग आसन तथा ध्यान विधिबारे सिकाइएको छ ।

आइसोलेसनमा योग सिकाउदासिकाउदै कोरोनाजित्न सफल भएका योगिराज मंगलवार निवास फर्किएका छन । बुटबलको एन्फाआईसोलेशनमा ३११ र बुटबलकै कोरीया टेक्नीकल शिक्षालयवाट ३६ जनाले कोरोना जितेका छन जुन मा आयुर्वेद र योगाबाट उपचार गराईएको थियो ।लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्रालय बुटबल उपमहानगरको लगायतका बिभिन्न संस्थाहरुको सहयोगबाट संञ्चालन भैरहेको विष्णुहरि आचार्य (योगिराज) ले बताए ।

सम्बन्धित शिर्षक :