लुम्बिनी प्रदेशमा १७ हजार ९सय ७९ ले लगाए कोरोना विरुद्धको खोप

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको आज एक साता पुरा भएको छ। कोभिड–१९ खोप अभियान अन्तर्गत सातौं दिन सम्ममा संख्या १ लाख २८ हजार भन्दा बढीले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २०१ वटा खोप केन्द्रबाट हालसम्म ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले जनाले खोप लगाएका छन्।

जसमध्ये प्रदेश नम्बर १ मा १७ हजार २८७, प्रदेश नम्बर २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५ जनाले कोभिड खोप लगाएका छन्। त्यसैगरी, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदुरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएका छन्।

पहिलो चरणमा सरकारले करिब ४ लाख ३० हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाउन प्राथमिक सूचीमा राखेको थियो। खोपको दोस्रो मात्रा पहिलो खोप लगाएको २८ दिन पछि लगाइने छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :