लुम्बिनी प्रादेशिक अस्पतालका नर्सले मनाए ५९औं वार्षिक उत्सव

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघ बुटबल ईकाई तथा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ स्टाफहरुले ५९औं वार्षिक उत्सव दिवस फ्लोरेंस नाइटेंगल तस्वीरमा माल्यापर्ण गरेर यो दिवस मनाएका छन।

सधै फरक तरिकाले मनाउने नर्सिड हरुले कोरोनाको कहरका बिच अरु कार्यक्रम नगरि औपचारीक रुपमा मात्र यो दिबस मनाएका हुन।नेपालमा २०१८ माघ १५ गते नेपालभरिका नर्सहरु संगठित रुपमा एक भएर नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नेपालमा हाल ९५ हजारभन्दा बढी नर्सिङ जनशक्ति नेपाल नर्सिङ काउन्सिलमा दर्ता छन्।

तीमध्ये २० हजारभन्दा बढी नर्सहरु विदेश पलायन भएका छन्। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक डा तुइतुईले करिब १५ हजार नर्सिङ जनशक्ति सरकारी अस्पतालहरुमा कार्यरत रहेको जानकारी दिइन । यस बर्ष भने गुणस्तरीय नर्सिङ सेवामा हाम्रो शान श्रम र सेवाको गरौ सम्मान भन्ने मुल नाराका साथ यो दिबस मनारहेको छ ।

 

 

 

 

सम्बन्धित शिर्षक :