कुष्ठरोग निवारण रणनितिमा रुपन्देही असफल ४१ नया रोगी थपिए

बुटवलमा १० सियारी र कोटहीमाई १-१ जना खुल्न नचाहँदा उपचार गर्न समस्या स्वास्थ्य प्रमुख डा गिरी

स्वास्थ्यसमाचार /सरकारले २०६६ साल माघ १० मा तामझामका साथ कार्यक्रम गरी सन २०२० को अन्तसम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा ग¥यो। सरकारले प्रति दश हजार नागरिकमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने सरकारी रणनीति पनि बनायो।

तर, सरकारी रणनीति रुपन्देहीमा सफल हुन सकेको छैन। रुपन्देहीमा प्रति दश हजार जनसंख्यामा कुष्ठरोगीको संख्या १ दशमलव १९ पुगेको छ।कारोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनामा सक्रियता भन्ने मुल नाराका साथ ६८ औ बिश्व कुष्ठरोग दिवस मनाईयो।

जिल्लामा पुष अन्तिम सम्ममा १ सय ४१ जना कुष्ठरोगी उपचारमा रहेका छन्। आर्थिक वर्ष २०७६-०७७ को असारसम्म १ सय २६ जना कुष्ठरोगी रहेको रुपन्देहीमा त्यो बढेर अहिले १ सय ४१ मा पुगेको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ निरीक्षक टिकाराम अधिकारीले ०७७ साउन देखि कार्तिक सम्ममा ४६ जना नयाँ बिरामी फेला परेको जानकारी दिए। अघिल्लो आवका ३१ जना विरामी भने उपचारपछि निको भएका छन्। टिकाराम अधिकारीका अनुसार पहिले देखि नै कुष्ठरोगी भएका स्थानमा नयाँ बिरामी फेला परेका छन्।

नयाँ थप भएका ४६ कुष्ठरोगी मध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिमा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। तथ्यांकअनुसार बुटवलमा १०, तिलोत्तमा ५, देवदहमा ६, रोहिणीमा ५, सिद्धार्थनगरमा ४, मायादेवी गाउँपालिमा २, कंचनमा ३, ओमसतियामा २, सम्मरीमाईमा २, लुम्बिनी सांस्कृति नगरपालिमा २, सियारी र कोटहीमाई गाउँपालिकामा १-१ जना फेला परेका छन्। रुपन्देहीका १० बटा पालिकामा कुष्ठरोगका बिरामी अहिले पनि निवारण दर भन्दा माथि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

नेपालमा १ हजार ८ सय ५३ जना नयाँ बिरामी देखा परेका छन्। असार अन्तीम सम्ममा उपचारमा २ हजार ४४ जना रहेकोमा १ सय ४१ जना १४ बर्ष मुनिका बच्चा तथा ७ सय ७० जना महिला रहेका छन्।

सरकारले सवै जिल्लाहरुमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष लिए पनि तराईका जिल्लाहरुमा विरामी भने बढीरहेका छन्। सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आए पनि विरामीहरु रोगबारे खुल्न नचाहेका कारण निवारणमा समस्या आएको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताए। उनले भने, ‘हामीले कुष्ठरोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छौं। गाउँगाउँमा अभियान लगिएको छ ।

तथापी विरामीहरु खुल्न नचाहँदा पहिचान गरी उपचार गर्न समस्या परेको छ।’स्वास्थ्य कार्यालयका अनुसार कुष्ठरोगका विरामी तथा कुष्ठ प्रभावितहरु प्रति सामाजिक बेदभावलाई शुन्य बनाउन नसक्दा पनि उनीहरु रोगबारे खुल्ने गरेका छैनन्।

‘कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचार प्रसार गर्ने काम हामीले गरेका छौं’, डा. गिरीले भने, ‘रोगको शंकास्पद विरामीलाई रोग निदानका लागि स्वास्थ्य संस्थामा पठाउन आग्रह गर्दछौं।’ उनले कुष्ठरोगको वारे सामाजिक भ्रम हटाई सत्य तथ्य जानकारी दिन सबैलाई आग्रह समेत गरे।

कुष्ठ प्रभावितलाई न्यानो लुगा वितरण,

कुष्ठ प्रभावितहरुको लागि काम गर्दै आएको नयाँ जीवनका लागि हातेमालो बुटवलद्धारा विश्व कुष्ठरोग दिवसको अवसरमा कुष्ठ प्रभावितहरुलाई न्यानो लुगा वितरण गर्नुको साथै अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेका कुष्ठप्रभावित ४० जना महिला पुरुषहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी, जन स्वाथ्य निरिक्षक टिकाराम अधिकारी, नयाँजीवनका लागि हातेमालो बुटवलका उपाध्यक्ष चित्र बहादुर गुरुङ्ग, कार्यक्रम अधिकृत मना पाण्डे लगायतका अतिथिहरुले न्यानो लुगा वितरण गरेका हुन ।

कार्यक्रम नयाँ जीवनका लागि हातेमालो बुटवल,ल द ल्याप्रेसी मिसन नेपाल, ईनरह्वील क्लव अफ बुटवल, स्वाथ्य कार्यालय रुपन्देहीको संयोजनमा भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले कुष्ठ रोग लुकाएर राखने रोग नभएको कारण उपचार गरेर निको हुने भएको कारण यसमा विशेष ख्याल गर्न आग्रह गरे । यस्तै क्षय कुष्ठ निरिक्षक फोकल पर्सन टिकाराम अधिकारीले बर्षमा एक पटक आफ्नो शरीर जाँच गर्ने अभियानको सुरुवात गर्नको लागि समेत आग्रह गरे ।

यस्तै ६८ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाले अशक्त अपांगता (क वर्ग) भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

वार्षिक कार्यक्रम अनुसार गत मंसिर १८ गते बसेको बैठकले अपांगता परिचयपत्र समन्वय समितिबाट निर्णय भएबमोजिम अशक्त अपांगता, क वर्गमा छनौट भएका १४ जना व्यक्तिहरुलाई न्यानो कपडा (कम्मल) वितरण गरिएको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले बताइन् । उनले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

कम्मल वितरण गर्न सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, महिला तथा बालबालिका शाखा प्रमुख कौशिल्या चौधरी लगायतको टोली अपांगता भएका व्यक्तिहरुको घरमै पुगेर न्यानो कपडा वितरण गरेको थियो

 

सम्बन्धित शिर्षक :