प्राविधिक शिक्षालय महासंघको महाधिवेशन बुटबलमा शुरु

निजी प्राविधिक शिक्षालयमा देखिएका समस्या छिटै समाधान हुने सिटिइभिटी: उपाध्यक्ष अधिकारी

स्वास्थ्यसमाचार /निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेलाका लागि देशभरका प्रतिनिधिहरु बुटवलमा भेला भएका छन् ।

सिएमए, अनमि, ल्याबअसिस्टेन्टलगायतका विषय अध्ययन हुने शिक्षालयका प्रतिनिधिहरु नयाँ नेतृत्व चयन तथा नयाँ कार्ययोजनाका लागि जम्मा भएको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष बसन्तराज खनालले बताए ।

सो भेलाको उद्घाटन गर्दै सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले केही समयदेखि निजी प्राविधिक शिक्षालयमा देखिएका समस्या छिटै समाधान हुने बताए ।यस्ता शिक्षालयका पीडा र सर्वसाधारणले पाउने प्राविधिक शिक्षका विषयमा उनले आधारभूत प्राविधिक शिक्षालाई रोकेर गर्न लागिएको स्तरवृद्धिको काम कोभिडका कारण ढिलाई भएकाले अब तत्काल सुधार हुने संकेत गरेका छन् ।

सरकारले चिकित्सा शिक्ष ऐन ल्याएपछि देशभरका यस्ता ४ सय विद्यालयले प्राविधिक शिक्षा संचालन गर्न नपाएको महासंघका अध्यक्ष बसन्तराज खनालले बताए ।लुम्बिनी प्रदेशबाट कुल २९ वटा यस्ता शिक्षालय संगठित भएको महासंघका केन्द्रीय सचिव भुवन जोशीले जानकारी दिए ।

देशभरका यस्ता प्राविधिक शिक्षालयमा करिब १० अरब लगानी भएको र वार्षिक ८ करोड कर बुझाइरहेको महासंघका सचिव जोशीले बताए । कार्यक्रममा नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्टार पुष्पराज खनालले शिक्षालय संचालनका कानुनी समस्या हटाएर छिटो चलाउने वातावरण बनाउन माग गरे ।

कार्यक्रममा शिक्षालयका संस्थापक अध्यक्ष दुर्गाप्रसाद उप्रेती, पूर्वअध्यक्ष शैलेन्द्र मोहन झालगायतले सरकारी नीतिका कारण अरबौंको लगानीमा रहेका शिक्षालय अस्तव्यस्त बनेको बताउनुभयो । उहँहरुले सर्वसाधारण नागरिकको पहुँचमा रहेको प्राविधिक शिक्षालाई रोकेर अन्याय नगर्न सरकारलाई आग्रह गरेका थिए ।

सरकारले ल्याएको चिकित्सा शिक्षा ऐनमा टिएसएलसी तहको १८ महिने अध्ययनलाई रोकेर ३ वर्ष कोर्ष अध्ययन गर्ने उल्लेख भएपनि दुई वर्षदेखि रोकिदा नयाँ विद्यार्थी भर्ना हुन पाएका छैनन् ।

 

सम्बन्धित शिर्षक :