प्रदीप पौडेल बन्ने भए स्वास्थ्य तथा जनसंख्या मन्त्री

स्वास्थ्यसमाचार/केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट सहभागि हुने मन्त्रीहरुको प्रस्तावित नाम लगभग टुंगो लगेको छ।कांग्रेस नेताहरुले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रदीप पौडेलले पाउने लगभग निश्चित भएको छ।

यद्यपि सोमबार सपथ नखाएसम्म यो नाम परिवर्तन गर्न केही नेताहरु लागिरहेको बताइएको छ।कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्ने बताइएको छ। उनले ऊर्जा वा रक्षा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ।

यस्तै गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया, सहरी विकासमा किशोरसिंह राठौर, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको कांग्रेसका एक नेताले जानकारी दिए।

सम्बन्धित शिर्षक :