नेपालमा पूर्ण स्तनपान : पछिल्लो पाँच वर्षमा १० प्रतिशतले घट्यो

स्वास्थ्यसमाचार/ बच्चालाई स्वस्थ राख्नका लागि जन्मेदेखि छ महिनासम्म आमाको दुध बाहेक अन्य पदार्थहरु खुवाउन राम्रो मानिदैन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बच्चालाई जन्मेदेखि छ महिना नलागेसम्म आमाको दुधबाहेक अन्य केही कुरा नखुवाउन अर्थात पूर्ण रुपमा स्तनपान ( एक्सक्लुसिभ) ब्रेस्ट फिडिङ गराउनु भन्दै आएका छन् । तर, नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले कम भएको छ । भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले गएको पाँच वर्षमा पूर्ण स्तनपान १० प्रतिशतले कमी आएको देखाएको छ । सन् २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा…

दाङमा सृजनाले उम्मेदवार चढेको गाडीभित्रै बच्चा जन्माएपछि….

स्वास्थ्यसमाचार/ दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन्। एमालेबाट उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उहाँका श्रीमान प्रदीप चौधरीले जानकारी दिनुभयो । आफन्तसँग भेटघाटमा रहेका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिनुभएको हो। बा १२ च ३६२४ नम्बरको स्कारपियो जिपमा अस्पताल लग्दै गर्दा राति १० बजेर ५५ मिनेट जाँदा छोरीको जन्म भएको प्रदिपले जानकारी दिनुभयो ।

प्रजनन स्वास्थ्य र अधिकारमा पहुँच पुर्याउन प्रदेश सरकार प्रतिवद्ध :मन्त्री थारु

स्वास्थ्यसमाचार/ परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सबैको पहुँच पुर्याउन लुम्बिनी प्रदेश सरकारले प्रतिवद्धता व्यक्त गरेको छ । साथै स्थानीय सरकारले पनि प्रदेश सरकार सगँ सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल परिवार नियोजन संघ नेपालको आयोजना तथा जिल्ला शाखा दाङको समन्वयमा आज घोराहीमा आयोजित प्रदेश स्तरीय परिवार योजना, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि प्रदेश स्तरीय पैरवी कार्यशाला गोष्ठी समपन्न भएको छ । उक्त कार्यक्रममा प्रदेशका मन्त्रीदेखि स्थानीय सरकारका जनप्रतिनिधिहरुले प्रजनन स्वास्थ्य र अधिकारमा नागरिकको पहुँच पुर्याउने कुरामा जोड दिदै यसलाई सहजीकरण गर्ने…

स्वास्थ्य मन्त्री थारुद्धारा प्रोटेवल अल्ट्रसाउण्ड मेसिन हस्तान्तरण

स्वास्थ्यसमाचार / प्रदेशका ग्रामीण क्षेत्रका महिलाहरुले आफ्नो गर्भावस्थाको बारेको जानकारी नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारले पालिका स्तरमा अल्ट्रासाउण्ड कार्यक्रम लागू गरेको छ । मङ्गलवार गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकिले आयोजना गरेको एकिकृत स्वास्थ्य तथा सरसफाई कार्यक्रमअन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड उद्धघाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले बाल मृत्यु दर र मातृ मृत्यु दर घटाउन र अनिवार्य स्वास्थ्य सेवाको रुपमा रहेको सुरक्षित मातृत्व कार्यक्रमलाई लुम्बिनी प्रदेशमा प्रभावकारी बनाउनका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम लागू गरिएको बताए । उनले यो प्रविधिको प्रयोग गरेर ग्रामीण क्षेत्रका गर्भवती…

तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण

स्वास्थ्यसमाचार/तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, उदेश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष नगरपालिका भित्रका स्वास्थ्यकर्मि सरोकारवाहरु लाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए। उनले आईतबारदेखी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए। तिलोत्तमाका वडा नं १,२,३,४,६ र ७मा जोखीम क्षेत्र भएकाले आईतबार वडा जनप्रतिनिधि स्वास्थ्यकर्मी…

स्वास्थ्यमा मुख्यमन्त्री केसी नेतृत्वको सरकारका ९ बुँदे उपलब्धि सार्वजनिक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले १ वर्षको अवधिमा गरेका प्रगति विवरण सार्वजनिक गरेको छ ।विभिन्न ५२ बुँदामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा स्वास्थ्य क्षेत्रमा ९ बुँदेप्रगति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकार बनेपछि एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा भएका प्रगति बारे आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण काम गरेको बताए।                                के भए स्वास्थ्यमा काम? १लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश गौरवका आयोजनाको रुपमा घोषणा। २ राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य…

हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्या बन्दै हेलचेक्र्याईं नगर्न चिकित्सकको सुझाव

स्वास्थ्यसमाचार / रोटरी क्लव अफ बुटवलको १४ सय २७ औं नियमित एवं वर्ष २०२२-२३ को सातौं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । बैठकमा गेष्ट स्पिकरको रुपमा राष्ट्रिय न्यूरो सेन्टरका निर्देशक एवं नेपाल स्ट्रोक एशोसिएशनका संस्थापक अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा उपस्थित थिए ।त्यस अवसरमा उनले हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्याको रुपमा देखा परिरहेको भन्दै समयमै स्वास्थ्य सचेतना अपनाउन र हेलचेक्र्याईं नगर्न आग्रह गरे । ब्रेन हेम्रेज अर्थात मस्तिष्कघातको जोखिममा सबै व्यक्तिहरु रहेको र यसको उपचार…

नवीन औद्योगिक माबिमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम

स्वास्थ्यसमाचार/  नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा डेंगु रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नवीन औद्योगिक कदर बहादुर रीता मा वि देवीनगरमा व्यवस्थापन समुहमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनापुर्वक डेंगु, यसका लक्षणहरु,डेंगु भाइरस, यसको रोकथाम, सावधानीका सम्बन्धमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले प्रशिक्षण दिनु भएको थियो । व्यवस्थापन समुहका शिक्षक केशव भण्डारीको नेतृत्वमा विद्यालय परिशर र विद्यालय परिशर नजिक डेंगु बस्ने स्थानहरुको पहिचान नियन्त्रण गर्ने कार्य गरेका थिए उक्त कार्यक्रममा जुनियर इन्जिनियर विशाल रावतले सहजीकरण गर्नु भएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ३लाख ४हजार वढीले पाए उपचार

स्वास्थ्यमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा ३ लाख ४ हजार ७सय २५ जनाले उपचार गराएका छन। आर्थिक बर्ष २०७८को साउन देखी २०७९को असार सम्म अस्पतालको बहिरंग रोग विभाग(OPD) र (Emargance) ईर्मेजेन्सी मा गरि कुल ३लाख ४ हजार ७सय २५ जनाले सेवा लिएका हुन। अस्पतालको तथ्याङ्क अनुसार जनरल(OPD) ईएचएस(EHs) र बिमा गरि अस्पतालबाट जम्मा २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन।  त्यसमध्ये (OPD)जनरलमा १लाख ८३ हजार ६सय १५ (EHs)ईएचएसबाट २४सय ७८ र बिमाबाट १ लाख ९सय ६७ गरि अस्पतालबाट कुल २ लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका छन…

लुम्बिनी प्रादेशिक अस्पतालवाट १३ हजार महिलाले लिए प्रसूती सेवा

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालमा १ वर्षमा १२ हजार ९ सय ३० जनाले प्रसूती सेवा लिएका छन। । आर्थिक बर्ष २०७८को साउन देखी २०७९ असार सम्म १२ हजार ९ सय ३० जनाले अस्पतालमा प्रसूती सेवा लिएका हुन। अस्पतालमा ८५सय ४५ जना नर्मल डेलिभरि र ४३सय६६ जनालाई अप्रेशन वाट सुत्केरी भएका छन। लुम्बिनी प्रादेशिक अस्पतालको तथ्याक अनुसार साउनमा ११सय १८ भाद्रामा १२सय ८६ असोजमा१३सय २४ कार्तिकमा १२सय १ मंसिरमा ११सय ७७ पुसमा ११सय १७ माघमा ११सय ४३ फागुनमा ९सय ९४ चैत्रमा ८सय ८१ वैसाखमा ८सय ४८ जेठमा ८सय २८ र असारमा…