कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

स्वास्थ्यसमाचार / कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने भएको छ।शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी गराएको हो। कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको छ। त्यसैलाई मध्यनजरमा राख्दै अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्नेछ। खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गर्नुपर्ने मन्त्रालयले जनाएको छ।अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन…

कोरोना संक्रमण बढेपछि अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न गृहको निर्देशन

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण फैलिएसँगै आवश्यकताका आधारमा कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल तथा मेडिकल कलेजहरु सूचीकृत गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । बिहीबार सचिवस्तरीय बैठकले सूचीकृत अस्पतालहरुको विवरण स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पठाउनुपर्ने साथै सूचीकृत अस्पतालहरुको नियमित सुपरीवेक्षण अनुगमन गर्न समेत भनेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमित बढ्दै गइरहेको तथा अस्पतालमा पनि बेडहरु भरिँदै गएकाले तेस्रो लहरलाई मध्यनजर गर्दे अस्पतालहरु सूचीकृत गर्नुपर्ने अवस्था आएको बताएको छ । प्रथम र दोस्रो लहरमा कोरोना संक्रमण केही कम हुँदा कोरोना संक्रमितको…

रुपन्देहीका नर्सिङ कलेजलाई नयाँ विद्यार्थी भर्ना लिन मापदन्ड पुगेन

स्वास्थ्यसमाचार /रुपन्देहीमा संञ्चालित ९ बटा नर्सिङ कलेजले यो शैक्षिक सत्रबाट नयाँ विद्यार्थी भर्ना लिन नपाउने भएका छन् । आफ्नै अस्पताल हुनुपर्ने चिकित्सा शिक्षा ऐनको बाध्यकारी व्यवस्थाका कारण रुपन्देहीमा ९ सहित नेपालमा एक सयभन्दा धेरै नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेका छन् । बुटबलमा संञ्चालन भएको संञ्जीबनीे नर्सिङको कक्षा चलाउन थालेको १९ वर्ष भयो । उसले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको सम्बन्धनमा प्रवीणता प्रमाणपत्र तह र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा नर्सिङ कक्षा सञ्चालन गर्दै आएको छ । तर कलेजसँग आफ्नै अस्पताल छैन । जसका कारण उसले अब यी…

धुर्कोट गाउँपालिका वडा नं ४ जैसिथोकमा बर्थिङ सेन्टर संञ्चालन

वासुदेव पोखरेल स्वास्थ्यसमाचार /गुल्मी धुर्कोट गाउँपालिका ४ जैसिथोकमा बर्थिङ सेन्टर संचालन गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बर्थिङ सेन्टरको उद्घाटन गरे । जैसिथोकमा बर्थिङ सेन्टर संचालनमा आएसँगै अब सुत्केरी गराउनको लागि सदरमुकाम तम्घास वा धुर्कोट रजस्थल प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्ने छैन । आर्थिक बर्ष ०७७/ ७८ मा उक्त स्वास्थ्य चौकीममा ३८ जनाले चारपटक गर्भ जाँच गराएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा बार्षिक ३५ देखि ४० जना उक्त स्वास्थ्य चौकीमा सुत्केरी हुने स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् जैसिथोकका वडा सदस्य गनेपाल थापाले ,जानकारी दिए । स्वास्थ्य चौकिमा अनमि तारा…

बुटवल उपमहानगरमा गर्भवती र सुत्केरीलाई पोषण सामग्री वितरण

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ ।महामारी विरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो । सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पु¥याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ । बुटवलले मुलुकमै नमूना…

बुटवलको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई बिषेश प्राथामिकता

–मोतियाविन्दुको शल्यक्रियामा अनुदान –मुटु, मिर्गौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीको उपचारमा अनुदान –हरेक वर्ष विद्यार्थीको निशुल्क आँखा जाँच –मजदुरहरुका लागि निशुल्क घुम्ति स्वास्थ्य शिविर स्वास्थ्य समाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरसभाको नवौं अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपमहानगरपालिकाले जनस्वास्थ्यमा नौला र आकर्षक नीति कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ । सरकारी स्वास्थ्य संस्थालाई…

सैनामैनाको नीति कार्यक्रम :स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधाको विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवाको विस्तार र विकासमा केन्द्रित रहेको छ । शनिबार सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धिसँगै स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिने बताए । नगर प्रमुख कार्कीले आगामी वर्षभित्र नगरवासिहरुलाई खोप लगाउन आवश्यक प्रबन्ध मिलाईने उल्लेख गरे । यसैगरी पर्रोहा…

लुम्बिनी प्रदेशको नीति कार्यक्रमः लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत बनाईने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज लुम्बिनी प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दे प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना महामारी लगायतका महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनपूर्वाधार, औषधी, स्वास्थ्य उपकरणहरू र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने प्रदेश मातहतमा रहेका स्वास्थ्य संस्थाहरूलाई समयानुकुल बनाउन सबै स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वे गरि स्वास्थ्य संस्थाहरूको…

कर्मचारीको तलब २ हजार बढ्यो, महंगी भत्ता निरन्तर

स्वास्थ्यसमाचार/सरकारले सम्पूर्ण सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वढाएको छ।शनिबार आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब २ हजार रुपैयाँले बढेको जानकारी दिए। कर्मचारीका लागि महंगी भत्तालाई निरन्तरता दिँदै हालको प्रतिकुल अवस्थालाई ख्याल गर्दै यो रकम वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।यसरी वृद्धी भएको तलब साउन १ देखि लागू हुने उनले बताए । सरकारले कर्मचारीलाई सहुलियत आवास सुविधा पनि उपलव्ध गराउने घोषणा गरेको छ। कोभिड उपचारको नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीले कोभिड भत्ता पनि पाउने छन्। साथै तलबमान र अरु सेवा सुविधाबारे…

महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता वढयो अब १२ हजार पाउने

स्वास्थ्यसमाचार/महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता १२ हजार पुग्यो सरकारले महिला स्वास्थ्य स्वयमसेविकाले पाउने भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बवताए। आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्‍याएको अर्थमन्त्री पौडेलले वताए। अहिले देशभर ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन् ।