बुटवलमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर, १५० महिलाको स्वास्थ्य परीक्षण

स्वास्थ्यसमाचार/लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा बुटवलमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयमा आयोजित शिविरमा १५० जना महिलाले स्वास्थ्य परीक्षण गराए ।सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सामाजिक क्षेत्रमा लायन्स क्लबले सञ्चालन गरेका गतिविधिहरुले सकारात्मक प्रभाव पार्न सफल भएको उल्लेख गरे । उनले बुटवल उपमहानगरले यहाँका विभिन्न सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गरी शिक्षा, स्वास्थ्य तथा सामाजिक तथा मानवीय बिकासका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए। बुटवललाई आर्थिक केन्द्रको रुपमा…

प्रसुतिसेवा दिने बरदान क्लिनिकमा अनुगमन टोलीको ताला

स्वास्थ्यसमाचार/ प्रसुतिसेवा दिने बरदान क्लिनिक दर्ता विनानै सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले ताला लगाइदिएको छ ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले अनुगमन गर्दा क्लिनिक दर्ता नभई सञ्चालन भएको भेटिएपछि ताला लगाएको हो । फार्मेसी भने खुल्ला छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले बरदान क्लिनिक प्रा.लिको ओपीडि, ल्याव, भिडियो एक्सरे बन्द गराइएको बताए । ‘दर्ता विना नै सञ्चालन भएको भेटिएपछि ताला लगाएका छौ । आवश्यक दर्ता प्रक्रिया पुरा गरेर आएपछि मात्र ताला खुल्नेछ’ उनले भने । बरदान क्लिनिकका सञ्चालक डा. मिलन अधिकारी हुन । लामो समय देखि…

महिलाहरुलाई अनेमसंघले दियो स्वास्थ्य सम्बन्धी प्रशिक्षण

स्वास्थ्यसमाचार/एमालेको महिला संगठन अनेमसंघले बुटवलमा आफ्ना सदस्यहरुलाई स्वास्थ्यसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ ।अनेमसंघ क्षेत्र नम्बर २ रुपन्देहीले विशेषज्ञ चिकित्सक बोलाएर आफ्ना सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमको संयोजन एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग रुपन्देहीले गरेको थियो ।प्रशिक्षणअघि सहभागीहरुको निःशुल्क मधुमेह र कोलस्टेरोल परीक्षण गरिएको छ । जसमा एशियन डाइग्नोष्टिक ल्याव्रोटोरी बुटवलले प्राविधिक सहयोग गरेको थियो । महिला कार्यकर्तालाई प्रशिक्षण दिंदै देवदह मेडिकल कलेज तथा इन्द्रेणी हेल्थ क्लिनिकमा कार्यरत नसा, टाउको तथा मनोरोग विशेषज्ञ डा. राजेश श्रेष्ठले मानिसको बदलिंदो जीवनशैली, यसले पार्ने शारीरिक र मानसिक समस्या, खानपानलगायतका…

लुम्बिनी प्रदेशका निजामती महिला कर्मचारीले महिनावारी बिदा पाउने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ’महिनावारी बिदा’को व्यवस्था गरेको हो । प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ । महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा…

बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सेर सेवा नि:शुल्क

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गर्नुभयो। सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रमअन्तरगत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताउनुभयो। उहाँले बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताउनुभयो। उहाँले महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर…

‘डिजिटल ’माध्यमबाट स्वास्थ्यलाई पहुँचयोग्य र गुणस्तरीय बनाइने छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। डिजिटल हेल्थ दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री बस्नेतले ‘डिजिटल हेल्थ’ माध्यमबाट स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ गते ‘ईहेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको थियो। सोही दिनदेखि मन्त्रालयले हरेक वर्ष साउन ४ गते डिजिटल हेल्थ दिवस मनाउँदै आएको छ। मन्त्री बस्नेतले सन्देशमार्फत ई–हेल्थ रणनीति २०७४ र सोको कार्यान्वयनका लाग तयार गरिएको मार्गचित्र तयार गर्नेलाई समेत धन्यवाद दिएका…

लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेमध्ये १० प्रतिशत २० वर्ष मुनिका

स्वास्थ्यसमाचार /नेपालमा हुने जम्मा गर्भवती संख्या मध्ये ५ लाख भन्दा बढी अनिच्छित हुने गरेको देखिएको छ। सुरक्षित गर्भपतन र मिडियाको भुमिका बिषयक अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो। सुनौलो परिवार नेपालको सहयोग र हेल्थ टुडेको सहकार्यमा भएको कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका सुचना अधिकृत भेषराज शर्माले बर्षमा १२ लाखको हाराहारीमा महिलाहरु गर्भवती र मध्ये जसमध्ये ५ लाख ३९ हजार अर्थात ४५ प्रतिशत गर्भ अनिच्छित हुने वताए । सरकारी तथ्यांक अनुसार एक चौथाई अर्थात १ लाख २८ हजार अनियोजित जन्म हुन्छ। दुइ तिहाइ अर्थात ३ लाख ५१ हजार गर्भपतन हुन्छ भने…

गैडहवा गाउँपालिकामा स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण

स्वास्थ्यसमाचार/रुपन्देहीको गैडहवा गाउँपालिका –४ पोहवाले महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण गरेको छ । दिनरात नभनी २४ घण्टा जनताको घरदैलोमा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई घर–घरमा जान अझै सहज होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले महिला स्वास्थ्य स्वयंसेविका जुकाको औषधि खुवाउन मात्रै होइन, बालबालिकालाई भिटामीन खुवाउन तथा अरु स्वास्थ्यका काममा खट्न साइकल सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । त्यसअवसरमा १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरिएको गैडहवा गाउँपालिका –४ का वडा अध्यक्ष सुरेन्द्रसिंह कुर्मीले बताउनुभयो । साईकल पाएपछि महिला स्वास्थ्य स्वयंसेविका कमला…

९ देखि १४ वर्षका किशोरीलाई लगाउन पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी )खोप आइपुग्यो

स्वास्थ्यसमाचार/सरकारले खरीद गरेको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप नेपाल आइपुगेको छ । भबिस्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप दिने भनेको थियो । सोही अनुसार यसपटक २० हजार भाइल खोप आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तका आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले केही बेर अघि २० हजार भाइल एचपीभी खोप आइपुगेको बताए । यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो । सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको…

४३सय महिलाले पाए बुटबलमा जनही २ हजार मातृशिशु पोषणभत्ता

स्वास्थ्यसमाचार/ बुटबल उपमहानगरपालिकाबाट आर्थिक बर्षको सुरुदेखी हालसम्म ४३ सय महिलाले मातृशिशु कार्यक्रमअन्तरगत जनही २ हजार पोषणभत्ता पाएका छन। बुटवल उपमहानगर पालिकाका नवजात शिशु र आमाको स्वास्थ्यलाई ध्यानमा राख्दै बुटवलले जनही २ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउन थालेको हो। जसअनुसार मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख खेलराज पाण्डेयले ५० जना नवजात शिशुका आमाहरुलाई रकम तथा पोषण सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले बुटवलका शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको बताउदै यसले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताउनुभयो। उहाँले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका…