श्रृगा स्वास्थ्य केन्द्र गुल्मी :स्वास्थ्यकर्मि २४ करार २३तालिम प्राप्त सुन्य

स्वास्थ्यसमाचार/गुल्मीको श्रृगा प्राथमिक स्वास्थ्यकेन्द्रमा बर्थिङ सेन्टरमा एसबीए तालिमप्राप्त स्वास्थ्यकर्मी छैनन्। “स्वास्थ्यकेन्द्रमा एसबीए र अन्य सुविधा भएपनि तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा जोखिम मोलेर सुत्केरी गराउने वा जिल्ला अस्पताल तम्घासमा जान बाध्य छन।” प्रसूति सेवाकै लागि सरकारले तालिम दिएर तयार पारेका स्वास्थ्यकर्मीहरू ग्रामीण क्षेत्रका बर्थिङ सेन्टरहरूमा बस्न नमान्दा यस्तोे स्थीति श्रृजना भएको हो । जिल्ला सदरमुकाम तम्घास भन्दा करिब ३५ किलोमिट टाढा रहेको श्रृगा प्राथामिक स्वास्थ्यकेन्द्रमा सुबिधा सम्पन्न भबन छ।डिजीटल एक्सरे बाहेक अरु उपकरण छन। स्वास्थ्यकर्मि पनि २४ जना रहेका छन।तर नेपाल सरकारको १ जना अहेब रहेको त्योपनि सरुवा भएर अनेत्र जान लागेको…

श्रीमान विदेश भएका महिलाले पनि गराउँछन् गर्भपतन

बागलुङ/ अहिले बजारका औषधी पसलहरुमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधीहरु पाइन्छन् । कानुनत सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन् । तर धेरै निजी अस्पतालहरुले जथाभावि रुपमा यस्ता औषधीहरु बेच्ने गरेका छन् । पछिल्लो समय असुरक्षित यौन सम्बन्ध र अनिच्छित गर्भको कारण गर्भपतन गराउने क्रम बढ्दो छ । ग्रामीण इलाकामाभन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संखया बढी भएको पाइन्छ । बागलुङमा गर्भपतन गराउनेको संख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जस मध्ये २० वर्ष मुनिका…

देबदहमा स्वास्थ्य स्वयंसेविकालाई ३० दिने एडभान्स तालिम सुरु

स्वास्थ्यसमाचार/ देबदहमा महिला स्वयमसेबिका लाई एक महिने एडभान्स तालिम सुरु भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायस्तरमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले एडभान्स तालिमको आयोजना गरेको हो। रुपन्देही र नबलपरासी जिल्लाका स्थानिय तहका १० जना महिला स्वयमसेबिका सहभागी तालिमको प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले शुभारम्भ गर्नु भयो। तालिममा शुभारम्भ कार्यक्रममा बोल्दै निर्देशक चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायस्तरमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले एडभान्स तालिम दिन थालिएको बताउनु भयो। स्वयमसेबिकाहरुको पहिलेको काम भनेको ३ बटा मात्र थियो भिटामिन ,चुकाको औषधी…

सियारीमा सुत्केरीलाई पोषण कोसेली दिँदै गाउँपालिका उपाध्यक्ष थारु

स्वास्थ्यसमाचार/ रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई स्वागत कार्यक्रम सुचारु गरिएको हो ।बुधबार उपाध्यक्ष तारा थारुले पालिकाको वडा नम्बर १ चिल्हीयास्थित स्वास्थ्य चौकीमा सुत्केरी आमाहरुलाई पोषण सहितको कोशेली र नगद हस्तान्त्रण गरेकी छन् । कोसेली झोलासहित स्वास्थ्य चौकी पुगेकी उपाध्यक्ष थारुले पोषण सहितको कोशेलीले सुत्केरी आमाहरुको मुहारमा खुशी ल्याउन मद्यत गरेको बताईन । पालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा घ्यू, टावल, सर्फ, साबुन, नेल कटर, ब्रस, कोलगेट रहेको छ…

प्यूठानकी तुलसा कुवेतको अस्पतालमा अलपत्र, उद्धार गरिदिन आग्रह

स्वास्थ्यसमाचार/ प्यूठानकी तुलसा जीसी ठूला सपना बोकेर २०७४ सालमा वैदेशिक रोजगारीको लागि कुवेत पुगिन् । घरको आर्थिक अवस्था उकास्दै जीवनयापनमा सहजता ल्याउन कुवेत पुगेकी उनी अहिले अलपत्र छिन् । स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी एक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा रहेकी छिन् । ब्रेन ह्यामरेज भएपछि कुवेतको कुवेत अदान अस्पतालको पीआइसीयूमा उनको उपचार भइरहेको छ । घाँटीबाट पाइप लगाइएको छ भने उनको आधा ज्यान नचल्ने अवस्थामा छ । उनी २०७४ सालमा भारतबाट हाउसमेटका लागि कुवेत गइन् । दुई वर्षको भिषा लगाएर कुवेत पुगेकी उनी भनिएको घरमा काम गर्न निकै गाह्रो…

छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेबिकालाई पेन्सन दिने

स्वास्थ्यसमाचार / छत्रकोट गाउँपालिकाले अनिवार्य अवकास पाउने महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकालाई पेन्सन दिने भएको छ । ६० बर्ष उमेर पुगी अनिवार्य अवकास पाउने स्वयमसेबिकालाई मासिक १ हजार र ५ बर्ष सेवा गरि कारणबस अवकास लिनेलाई योगदानको सम्मन स्वरुप एकमुष्ठ रु १० हजार दिने छ । स्वास्थ्य शाखाले वडा नं. ६ दौघामा आयोजना गरेको महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको अनतरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले यस्तो घोषणा गर्नु भएको हो । कार्यक्रममा सबै वडाका स्वयमसेबिका जनप्रतिनिधी स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अनतरक्रियामा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको कामको…

लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढे ,२० वर्ष मुनिका १० प्रतिशत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्ष मुनिका महिला झण्डै दश प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाहरूको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या नौ दशमलव ६ प्रतिशत देखिएको छ ।प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४/ ०७५ मा ६ दशमलव दुई प्रतिशत रहेकोमा पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव ६ प्रतिशतमा पुगेको देखिएको छ । सूचीकृत…

अपाङ्गता मैत्री मातृत्व स्वास्थ्य सेवा सञ्चालन निर्देशिका सार्वजनिक

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ।  सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो। निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए। उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्‍याउने भन्ने…

युनिभर्सल मेडिकल कलेजमा पाठेघरबाट निकालियो १२ किलोको ट्युमर

स्वास्थ्यसमाचार /युनिर्भसल मेडिकल कलेज , भैरहवामा पाठेघरको शल्यक्रिया गरि १२ किलोको ट्युमर निकालिएको छ । वाग्लुङ्ग जिल्ला तमानखोला गाउँपालिका वडा नं ३, तमान स्थायी घर भएका वर्ष ४० कीे पुर्णिमा रसाइली लामो समयदेखि पेट दुख्ने, फुल्लिदै जाने, कुनै पनि काम गर्न ग्राहृो हुने समस्याबाट ग्रसित भए पछि उपचारको क्रममा विभिन्न जाँचहरु पश्चात् शल्यक्रिया गरि उक्त ट्युमर निकालिएको र हाल विरामीको अवस्था सामान्य रहेको छ । उक्त शल्यक्रिया महिला तथा प्रसुती रोग विशेषज्ञ प्रा डा बेखालक्ष्मी मानन्धर, डा.मनोज लम्साल, डा तारा के.सी  डा.हसिना बानो, शल्यक्रिया रोग विशेषज्ञ डा.राजेश पौडेल र एनेस्थेसिया…

किन अझै रोग लुकाउछन् पाठेघर खसेका महिलाहरु

बुटवल – चिकित्सकहरु भन्छन्, ‘सुत्केरी अवस्थामा धेरै गाह्रो काम गर्ने, गहु्रगो भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने कारणले पाठेघर खस्ने समस्या धेरै हुन्छ । उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी समयमा यौन सम्पर्क राख्ने, पटक पटक गर्भपतन गर्ने जस्ता कारणले धेरै महिलाको पाठेघर खस्छ । जसलाई ‘आङ खस्ने’ रोगका नामले चिनिन्छ ।’ पाठेघर खस्ने समस्या भएका रुपन्देहीका महिला धेरै छन् । प्रजनन स्वास्थ्यको अभावमा कतिबेला के गर्नु पर्छभन्ने जानकारी नहुदा पनि महिलाहरुमा पाठेघर खस्ने समस्या बढेको प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. शकुन्तला गुप्ताले बताइन् । पछिल्लो समयमा गर्भनिरोधक औषधीको…