आठौं राष्ट्रिय परिवार नियोजन दिवस,बुटवलमा पत्रकारसँग अन्तरक्रिया

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आठौं राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । कोभिड १९ को माहामारी ः परिवार योजना सेवामा सवैको पहुँच बराबरी भन्ने मुल नारा सहित पत्रकारहरुसँग शनिबार बुटवलमा अन्तरक्रिया गरि मनाएको हो ।

प्रदेश सरकारले परिवार नियोजन सम्बन्धमा विद्यालय तह, विभिन्न स्वास्थ्य संस्थाहरु मार्फत काम गर्दै आएको निर्देशक विनोद गिरीले बताए । उनले परिवार नियोजनले परिवारलाई व्यवस्थित बनाउने भन्दै यसबारे पत्रकारिता क्षेत्रले नागरिकहरुलाई सचेत बनाउनुपर्ने बताए ।

उक्त अवसरमा परिवार नियोजना विद डा. राजेन्द्र गुरुङले परिवारले धान्न सक्ने गरि बच्चाको संख्या र व्यवस्थापन गर्ने विधिलाई परिवार नियोजन भन्ने बताउँदै अस्थायी वा स्थायी दुवै तरिका अपनाउन सकिने बताए । उनले समाजमा अझै पनि परिवार योजना व्यवस्थित हुन नसकेको बताउँदै नेपालमा बच्चा भएपछि मात्रै यसको प्रयोग गर्ने र केहि समयपछि फेरी छोड्ने प्रचलन देखा परेको बताए ।

नेपालमा अस्थायी परिवार नियोजनका साधनका रुपमा पिल्स, डिपो प्रोभेरा, इप्लान्ट, आइसियूडी र आकस्मि गर्भनिरोधक प्रयोगमा छन । यसका अलवा स्थायी बन्ध्याकरण समेत गरिदै आएको छ । तर, तराईका जिल्लाहरुमा भने परिवार नियोजनका सन्दर्भममा केहि भ्रमहरु रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका कौशल कुमार भण्डारीले बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले परिवार नियोजनका सन्दर्भमा प्रदेश सरकार र निर्देशनालयले पत्रकार क्षमता अभिबृद्धिका कार्यक्रम गर्न सुझाव दिए ।अवस्थामा परिवार नियोजनको सहि प्रयोगले मातृ मृत्यूदर, असुरक्षित गर्भपतनलाई नियन्त्रण गर्न सकिन कार्यक्रमा जोड दिइएको थियो ।

सम्बन्धित शिर्षक :