गण्डकी प्रदेशमा स्वास्थ्य सेवातर्फ ५७६ जना स्थायी कर्मचारी माग

स्वास्थ्यसमाचार/लोक सेवा आयोगले गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फ चौथोदेखि आठौं तहसम्म ५७६ जना स्थायी कर्मचारीका लागि आवेदन खुलाएको छ ।

कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था अनुसार प्रदेश सरकार अन्तर्गत रिक्त रहेका २३ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले आवेदन खुलाएको हो ।साथै स्थानीय तहका लागि ५५३ जना स्वास्थ्य कर्मचारी माग गरिएको छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :