स्वास्थ्यमा सबैको काज फिर्ता हुने, रिक्त दरबन्दी र करारको खोजी सुरु

काठमान्डौ /स्वास्थ्य मन्त्रालयमा पहुँचका भरमा सुगम तथा अनकूलका ठाउँमा राखिएका काज फिर्ता गरिने भएको छ।प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका चिकित्सक एवं स्वास्थ्यकर्मी पहुँचका भरमा मन्त्रालय, विभागमा थुप्रिने प्रवृति बढेपछि मन्त्रालयले दरबन्दी र जनशक्ति व्यवस्थापन गर्न लागेको हो । विशेषगरी ओली सरकारका समयमा राजनीतिक पहुँचका आधार ठूलो संख्यामा कर्मचारी मन्त्रालय, विभाग र प्रदेशका संरचनामा काज राखिएका छन् ।मन्त्रालय एवं तिनै तहका सरकार अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी नर्स एवं अन्य कर्मचारीको दरवन्दी विवरण, रिक्त दरवन्दी अवस्था, काज गएको स्थान र औचित्यसहित करारको समेत विवरण यकीन गरी विवरण बुझाउन स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयबाट…

म्याद गुज्रन लागेपछि एस्ट्राजेनेका खोप लगाउने समूहको दायरा बढाइयो

स्वास्थ्यसमाचार / सरकारले मिति सकिन लागेपछि एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको छ। सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरु र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ। अहिले गत चैतमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको रुपमा यो खोप दिइएको छ।।तर, यही अगस्ट महिनामा खोपको प्रयोग समय मिति सकिन लागेपछि लक्षित समूहको दायरा बढाउँदै १८ वर्ष पुर्याइएको छ। स्वास्थ्य सेवा विभाग, परिवाक कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले सबै प्रदेश निर्देशनालय र…

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जानकारी गराए। उनका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुललाई सार्वजनिक मेडिकल कलेजका रुपमा तोकी चिकित्सा शिक्षा ऐन–२०७५ को प्रावधान अनुसार छात्रवृत्ति कायम गर्ने प्रक्रियासमेत सुरु भइसकेको छ । मन्त्रालयले यस अगाडि विभिन्न मितिमा सरकारले चिकित्सा शिक्षा…

६ जना मन्त्री नियुक्त हुँदा पनि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएन ?

स्वास्थ्यसमाचार /कोरोना माहामारीको तेस्रो संक्रमण बढ्दै गएको लुम्बिनीमा स्वास्थ्य मन्त्री खाली छ । साउन २८ गते मुख्यमन्त्री कुलप्रसाद केसीसहित ७ जना मन्त्री बनेपनि यो मन्त्रालयले मन्त्री पाउन सकेको छैन । दलीग भागवण्डा नमिल्दा तीन जना विनाविभागीय मन्त्री बनेर बसेका छन् । लुम्बिनी प्रदेशमा कोरोना महामारीको संक्रमण बढ्दो छ तर यसलाई नियन्त्रणको लागि तालुकदार निकाय लुम्बिनी प्रदेशको विभागीय मन्त्रालयमा सरकारले विभागीग मन्त्री दिन सकेको छैन । माहामारी समयमा स्वास्थ्य मन्त्रालयलाई बेवास्ता गरिएको छ । तीन जना मन्त्री विनाविभागीय बनाएर राखिएपनि गठबन्धन दलमा भागवण्डा नमिलेका कारण मन्त्रालयले अभिभावक पाउन नसकेको हो ।…

लुम्बिनी प्रादेशिक अस्पतालको मेसु हटाउने निर्णय भएको छैन :मुख्यमन्त्री कार्यालय

स्वास्थ्यसमाचार /रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) हटाउने निर्णय नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते मेसु डा. राजेन्द्र खनाललाई हटाई रेडियोलोजी विभाग प्रमुखमा स्थानान्तरण गरेको सार्वजनिक भएको थियो । यसको एक सातापछि डा. खनाललाई मेसुबाट हटाउने निर्णय माइन्युट नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको हो । ‘मेसु हटाउने निर्णय भएको छैन, मुख्य सचिव ज्यूबाट योबारेको निर्णय माइन्युट भएकै छैन,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता डा. खगेन्द्र सुवेदीले  भने, ‘मिडियामा कसरी समाचार आयो हामी पनि आश्चर्यमा…

स्वास्थ्यकर्मीको ग्रेड सहित नयाँ तलबमान सार्वजनिक कसको कति ?

स्वास्थ्यसमाचार /सरकारले आफूमातहतका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ।चालू आर्थिक वर्षको सुरु ९साउन०देखि नै लागू हुने गरी सरकारले कायम गरेको निजामती कर्मचारी, शिक्षक, चिकित्सक, नर्स, प्राविधिक कर्मचारीलगायतको तलब वृद्धि गरेको हो। सरकारले साउन १ गतेदेखि सरकारी कर्मचारीका लागि लागू गरेको नयाँ तलवमान र सुविधामा यसअघि प्राविधिक कर्मचारीहरुले पाउदै आएको ग्रेड छुटेपछि सच्याउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका थिए। अहिले यो समस्या समाधान भएको छ। २०५७ साउन १ गतेभन्दा अघिका प्राविधिक कर्मचारीहरुलाई पनि ग्रेडबापतको रकम नयाँ तलबमानमा थप गरिएको छ । अब स्वास्थ्य तर्फका कर्मचारीहरुले पुरानै व्यवस्था अनुसार तलव पाउने छन्। सहायक प्रथमदेखि…

कोभिड–१९ ले यौन तथा प्रजनन स्वास्थ्य जोखिममा परेको गुनासो

स्वास्थ्यसमाचार /यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि सम्बन्धित निकाय संबेदनशील बन्नुपर्नेमा जोड दिइएको छ ।सञ्चारिका समूह रूपन्देही र मोनो सपोटिङ म्यापल ग्रुपले बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कोभिड १९ को महामारीले यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभावित भएको जनाउँदै सेवाको पहुँच र प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार बन्न सहभागीले सम्बन्धित निकायसँग आग्रह गरे । कोभिड –१९ ले यौन तथा प्रजनन स्वास्थ्यमा पारेको असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले प्रजनन स्वास्थ्य सेवा विभेद र हिंसाहित तरिकाले उपभोग गर्न पाउनुपर्ने माग गरे ।कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायका अगुवाहरुले स्वास्थ्य संस्थाले सेवा प्रवाहमा…

लुम्बिनी प्रदेश सरकारले मातृमृत्यूदर घटाउन स्थानीय तहमा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन र नर्स पठाउने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले मातृमृत्यूदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने भएको छ । लुम्बिनी प्रदेशको नवगठित सरकारको पहिलो क्याविनेट बैठकवाट प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने भएको हो । प्रदेशका १२ जिल्लामा ३ सय ६३ वटा वर्थिङ् सेन्टर सञ्चालन रहेका छन । पोर्टेवल अल्ट्रासाउण्ड मेसिन पनि उपलब्ध गराएपछि अस्पतालका पहुचबाट टाढा भएका महिलाहरुको लागी सहज हुने छ । पोर्टेवल अल्ट्रासाउण्ड मेसिन कोमाध्यमबाट तालिमप्राप्त जनशक्तिले गर्भवती आमा…

कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

स्वास्थ्यसमाचार / कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने भएको छ।शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी गराएको हो। कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको छ। त्यसैलाई मध्यनजरमा राख्दै अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्नेछ। खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गर्नुपर्ने मन्त्रालयले जनाएको छ।अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन…

रुपन्देही जिल्लामा एक हप्ते‘नेपाल मास्क अभियान’ सम्पन्न

स्वास्थ्यसमाचार /जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरीकार्यलयको सहयोगमा रुपन्देहीका बिभिन्न ठाउमा माक्स बितरण गर्नुका साथै जिल्लाका सरकारी कार्यलयमा कोरोना एन्टिजेनवाट परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि एक साताका लागी मास्क अभियान सञ्चालन गर्ने कार्यक्रम अनुसार रुपन्देहीमा पनि यो अभियान संञ्चालन गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ रुपन्देहीमा पनि यो अभियान साउन २४ गते देखी सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ । अभियान अन्र्तगत साउन २४…